अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले स्व. चन्द्रमणी पाण्डेको सम्मानमा शालिक सहित स्मृति मञ्च निर्माण गर्न पहिलो चरणमा रू. ६ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
तत्कालिन नेपाली काँग्रेस अर्घाखाँची जिल्ला क्षेत्र नं. १ को सभापति स्व. चन्द्रमणी पाण्डेको सम्मानमा छत्रदेव गाउँपालिकाले स्व. चन्द्रमणी पाण्डेको सम्मानमा शालिक सहित स्मृति मञ्च निर्माण गर्न पहिलो चरणमा रू. ६ लाख बराबरको बजेट विनियोजन गरेको हो ।
यस्तै स्व. चन्द्रमणी पाण्डेको नाममा एउटा प्रतिष्ठान खोली निजको सम्झनामा एउटा स्मृति मञ्च निर्माण गर्न भन्दै छत्रदेव-६ का वडाअध्यक्ष कमल पौडेलले वडाअध्यक्षको रूपमा राज्यबाट प्राप्त हुने ३ महिनाको सेवा सुविधाबाट कुल रकम रू. ६०,०००/- साठी हजार योजनामा लगानी गर्ने भएका छन् ।
चन्द्रमणी पाण्डेको २०६९ साल आषढ ३१ गतेका दिन गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी घाईते भएका उनको साउन ४ गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा निधन भएको थियो ।