सुर्य भुसाल
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । हिन्दुधर्म रक्षा परिषद नेपाल अन्तरगत हिन्दु जागरण स्वयसेवक हरुको भेला तथा अन्तरक्रिया कार्यक्रम सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा सम्पन्न भएको छ ।
भेलालाई सम्बोधन गर्दै हिन्दुधर्म रक्षा परिषदका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले देसभर बाट यसरि हिन्दु धर्म सयमसेबक गठनगरि ५ लाख सयमसेबक तयार गर्ने उदेश्य अनुसार आफुहरु ले यो अभियान लाई सन्चालन गरेको बताउनु भयो ।
खनालले युवाहरु सयमसेबक गठन गरि आफ्नो बौद्धिक सनातन धर्मको रक्षा र पालना गरेर हिन्दु धर्म रक्षाका लागि देसका सबै हिन्दुवादिहरु एकजुट भएर आफ्नो धर्मको रक्षा गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम हिन्दु जागरण युवा सयम सेवक का जिल्ला अध्यक्ष नारायण खड्का को अध्यक्षतामा भएको कार्यक्रममा सयमसेवक का अभियान्ता राजकुमार श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियोे भेलाले ओम बहादुर थापा को अध्यक्ष तामा कार्यसमिति गठन गरेको छ । जस्को उपाध्यक्षमा नन्दलाल सुनार सचिबमा मणिराम आचर्य कोषाध्यक्ष मा आषिस सुर्यबम्सि रहनुभएको अभियान्ता राजकुमार श्रेष्ठले जानकारी दिनु भयो ।