नरपानी प्रहरी चौकी कार्यालयलाई व्यवस्थित गरी वाइफाइ – कम्प्युटर प्रयोगले काममा सजिलो

कृष्ण परियार
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको नरपानी प्रहरी चौकीले अहिले पछिल्लो समयमा नयाँ प्रविधिको बिकाससंगै नयाँ कामको थालनी गरेको छ ।
चौकीका इनचार्ज सुर्य पन्थी आएसँगै कार्यालय व्यवस्थित गरी नयाँ कामको थालनी भएको हो ।
पन्थी आएसँगै कम्प्युटर – वाइफाइ सेवा जडान गरी कार्यरत प्रहरी कर्मचारीहरूलाई काम गर्न सजिलो हुने गरि सुचनाको अधिकारबाट लाभान्वित गराइ यसरीनै कार्यालय ब्यवस्थापनका लागि कम्प्युटर जडान गरी प्रबिधिको प्रयोगमा गरेको छ।
नरपानी चौकीका इन्चार्ज पन्थी आएदेखी सवारी दुर्घटना न्यूनीकरण गर्न सवरी चेकजाचलाई तीब्रता दिनु भएको इन्चार्ज पन्थीले जानकारी दिनु भएको छ।
पन्थी आएसँगै ३ वटा सवारी दुर्घटनामा धेरैजनालाई उद्दार गगरि समयमा उपचार लगयत समयमै आफै पुगि घाइतेलाई समयमै उद्दार गर्नु भएको छ
बिद्यालयमा विविध खाल्का कार्यक्रम गरी बिद्यार्थीहरूलाई सडक बाटो कसरी काट्ने भने बिषयमा चेतना मुलाक कार्यक्रमहरू समेत गर्दै आउनु भएको छ। नरपानी सुपादेउराली लगायत एरियाको शान्ति सुरक्षालाई कसरी सुधार गर्न सकिन्छ भने बिसयमा आफैले सकारात्मक भूमिका निर्वाह गर्दै आउनु भएको छ।

अन्य समाचारहरु