अर्घाखाँचीडट्कम संवाददता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अन्तरपार्टी महिला सञ्जाल अर्घाखाँचीकाे १५ औ जिल्ला समितिकाे आठौ बैठक सम्पन्न भएको छ ।
बैठकले अध्यक्ष पदमा छमा कार्की सर्वसम्मत निर्वाचित गरेको छ । यस्तै उपाध्यक्षमा ईश्वरा पाेख्रेल, सचिवमामाधवा भुसाल, सहसचिवमा संगिता बेल्वासे र काेषाध्यक्षमा लिलावती पाण्डे घिमिरेलाई चयन गरेको छ ।
अन्तरपार्टी महिला सञ्जाल समितिको निर्वाचन हरेक वर्षमा हुन्छ ।