अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क – गोरुसिङे सडकमा कुहिरो हुस्सु लागेको बेला संभाबित दुर्घटना र अपनाउनु पर्ने सावधानी बारेमा सवारी साधनका चालक, सह-चालकहरुलाई प्रशिक्षण दिईएको छ ।
“समुदाय प्रहरी-साझेदारी कार्यक्रम” अन्तर्गत जिल्ला अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नं. २ भक्तिटोला स्थित चोकमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको संयुक्त चेकिङ टोलीले बिभिन्न सवारी साधनका चालक, सह-चालक गरी ३० जना र अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडाबाट खटिएको ट्राफिक चेकिङ टोलिले बिभिन्न सवारी साधनका चालक, सह-चालकहरु गरी २० जनालाई सडकमै जम्मा गरी हिउँदको समयमा कुहिरो / हुस्सुको र सितको कारण हुन सक्ने संभाबित दुर्घटना र अपनाउनु पर्ने सावधानी , सवारी साधन चलाउदा ध्यान दिनु पर्ने कुराहरु तथा अन्य ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिईएको हो ।
यस्तै सो अवसरमा बिभिन्न ट्राफिक जनचेतनामुलक सन्देशहरु लेखिएका ५० थान पर्चा पम्लेट समेत बितरण गरीएको थियो ।