श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) पुष ७ । धार्मिकताले राष्ट्रलाई माथि उचाल्छ भन्ने मुख्य सन्देश सहित अर्घाखाँची इसाई समाजको आयोजनामा क्रिसमस-डे तथा नयाँ बर्ष सन् २०२० को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम आज सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै ५नंम्वर प्रदेश सभा सदस्य रामजि प्रसाद घिमिरेले देशभित्रका सम्पुर्ण धार्मिक संस्था लगायत बिभिन्न धर्मालम्बीहरु मिलेर देश बिकासमा लाग्नुपर्ने बताउनु भयो ।
घिमिरेले धर्म मान्ने कुरा व्यक्तिको अधिकार भएकोले धर्म निरपेक्ष घोषणा गरेको अबस्थामा धर्मको प्रचारप्रसार गर्दे हिड्नु राम्रोकाम नभएको भन्दै पछिल्लो समय प्रतिगामी शक्तिहरु हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ भनेर लागेको आरोप लगाउनुभयो । नेकपाका नेता समेत रहेका घिमिरेले धर्मनिरपेक्षताको एजेन्डा कम्युनिष्ट पार्टीहरुको एजेन्डा भएकाले यसलाई पुर्णरुपमा लागुगर्नुपर्ने बताउनु भयो । उहाँले जुन धर्म मानेपनि मुटुमा राष्ट्रियता हुनुपर्नेमा जोड समेत दिनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल भुसाल ,उपप्रमुख ठाकुर बिक,प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल,भारत नागालैण्डका शिक्षा सहायक निर्देशक पास्टर डा.बिष्णु फिलिव,राष्ट्रिय ख्रिष्ट्रयान महासंघका केन्द्रीय सचिब बिष्णु परियार ,सनपा १ का वडाअध्यक्ष सुबराज बन्जाडे,वडा सदस्य लक्ष्मण पराजुली ,नेकपाका नेता जर्नाजन खनाल,समाजबादी पार्टीका जिल्ला ईन्चार्ज नेत्रबहादुर थापा मगर,साझापार्टीका हरीप्रसाद भुसाल,नेपाल पत्रकार महासंघका अध्यक्ष हिम जिसि लेकाली लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।
कार्यक्रम समाजका जिल्ला अध्यक्ष प्रतिज्ञा सारुको अध्यक्षता,मनिष सिंहको स्वागत मनतब्य र जेबि दर्लामिको सन्चालनमा सम्पन्न भएको हो ।