टेकराज थापा
दोहा,कतार (अर्घाखाँची डट्कम) अर्घाखाँची सेवा समाज कतारले मालारानी गाँउपलिका वडा नं.५ कुजेरी निवासी राजन थापालाई आर्थिक सहयोग गरेको छ ।
बर्ष १४ का थापा घरायसी काम गर्ने क्रममा आगोबाट हात र खुट्टा जलेको थियो उनि अहिले उपचारको क्रममा काठमाडौं स्थित कीर्तिपुर अस्पतालमा उपचारत छन।
डाक्टरको सल्लाह अनुसार खर्च बढि लाग्ने दुईपटक सम्म हात र खुट्टाको अप्रेसन गरिएको र सफल नभएकोले फेरी पनि अप्रेसन गर्नुपर्ने बताएका थिए ।
घरमा कमाएर खुवाउने पिडितका बावा २ बर्ष अघि सामान्य खुट्टामा चोट लागेको कारण खुट्टामा क्यान्सर भएकोले एउटा खुट्टा गुमाउन परेको पिडा त छदैं थियो । यसमाथी पनि बर्जापात घरका एक्लो छोरा आगोले जलेर तडपिरहेको हुँदा कैहि कतैंबाट पैसा आउने ठाँउ नभएको र घरको आर्थिक अवस्था अति नै दैनिय रहेकोले बिभिन्न सामाजिक संजाल तथा सामाजिक अभियान्ता मार्फत पिडितको परिवारले याचानाको गरेका छन् ।
पिडितको परिवारले सहयोगको लागि अपिल यसैं संस्थाका कोषाध्यक्ष मार्फत आएकाले समाजलाई जानकारी गराएका थिए। मानविय सेवा नै धर्म हो भन्ने हेतुले समाजका कार्यसमितिहरु र केहि शुभेच्छुकबाट रकम संकलन गरि कतारी रियाल १०३९ अर्थात नेपाली ३२,३२३ बत्तीस हजार तिन सय तेइस रुपैयाँ संकलन गरि संस्थाका अध्यक्ष टेक राज थापाले यसैं संस्थाका कोषाध्यक्ष नेत्र प्रसाद आर्चाय मार्फत नेपाल पठाउन हस्तान्तरण गरिएको छ।
साथै समाजले राजन थापाको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । समाजले विभिन्न समयमा पिडितहरुलाई आर्थिक सहयोग गर्दे आएको छ ।