श्याम घिमिरे
पौष ९ अर्घाखाँची – मानब अधिकारको प्रबद्र्धन संरक्षण र कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । उनिहरुले मानब अधिकारका कुराहरु कागजमा मात्रै सिमित नराखेर व्यवहारमा लागुगर्नुपर्ने बताएका हुन । बुधबार सदरमुकाम सन्धिखर्कमा गृह मन्त्रालयले आयोजना गरेको मानव अधिकार प्रबद्र्धन सम्बन्धी जिल्ला स्तरीय गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले मानव अधिकारका कुराहरु कागजमा मात्रै सिमित राख्न नहुनेमा जोड दिएका हुन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले मानब अधिकारको कार्यान्वयनकालागी सबै पक्षहरुको ध्यानजानुपर्ने बताउनुभयो । भुसालले मानब अधिकार र यसका शिद्धान्तलाई आत्मसाथ गरी अगाडी बढ्न सबैलाई आग्रह समेत गर्नु भयो ।
गृह मन्त्रालयका सह–सचिव पुष्कर सापकोटाले नागरिकको हकअधिकारको बारेमा सबैले जानकारी राख्नुपर्नेमा जोड दिनु भयो । सापकोटाले मानब अधिकार हनन्हुन नदिन सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला सरकारी वकिल हरी प्रसाद घिमिरे र अर्घाखाँची बारका का.बा अध्यक्ष बिजय खत्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अर्घाखाँची जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख, राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु सुरक्षा निकायकाप्रमुख,सञ्चारकर्मि,महिला सन्जाल लगायत सरोकारवाला निकायहरुको को सहभागिता रहेको थियो । मानब अधिकारका बारेमा जानकारी गराउनकालागी कार्यक्रम आयोजना गरीएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भयोे ।
नेपाल सरकारले नेपालका सातै प्रदेशमा गर्न लागेको मानव अधिकार प्रबद्र्धन सम्बधि जिल्ला स्तरीय गोष्ठीमा ५ नम्वर प्रदेशको अर्घाखाँची जिल्ला छनोटमा परेकोे थियो । कार्यक्रम मन्त्रालयका सहसचिब पुष्कर सापकोटाको अध्यक्षता,गृहका उपसचिब बसन्तराज पुरीको स्वागत मनतब्य र शाखा अधिकृत चन्द्र बस्यालको सन्चालनमा सम्पन्न भएको हो ।