अर्घाखाँचीडट्कम संवाददाता
जुकेना, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ५ भुमिकास्थान जुकेना र वार्ड नं. ७ जुकेनामा सुरक्षा समितिका पदाधिकारीहरुको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारिहरुबाट भुमिकास्थान जुकेना र जुकेनाको वार्ड कार्यालयहरुको निरीक्षण गर्नु भई वडाअध्यक्ष, स्थानिय जनप्रतिनिधी स्थानियवासी, भद्रभलादमी, समाजसेवी, बुद्धिजिबिहरुसंग उक्त वार्डहरुको सुरक्षा स्थिति, अपराधिक क्रियाकलाप, संकास्पद ब्यक्तिहरुको आवागमन, लैंगिक हिंसाको अवस्था जस्ता बिषयमा अन्तरक्रिया तथा छलफल गर्नु भएको थियो ।