अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. १ सन्धिखर्कको टुडिखेल लाईनमा सामाजिक सञ्जालबाट हुन सक्ने अपराध र यसबाट बच्ने उपाय सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम”अनुसार टुडिखेल लाईनमा स्थानियवासी, बुद्धिजिबी, युवा तथा महिलाहरुको उपस्थीतिमा प्र.स.नि.सन्तोष के.सी.ले सामाजिक सञ्जालबाट हुन सक्ने अपराध र यसबाट बच्ने उपाय सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।