विवादका कारण यो वर्ष अर्घाखाँची महो्त्सव नहुने

(प्रकासित मिती: २०७६ पौष १३, आइतवार)
Image result for अर्घाखाँची महोत्सव ARGHAKHANCHI.COM

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची कृषि, पर्यटन तथा सांस्कृतिक महो्त्सव यो वर्ष नहुने भएको छ । 
उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सबिच विवाद हुँदा यस वर्ष महोत्सव नहुने पक्का भएको हो । उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, फेन्सी व्यवसायी संघ लगायतका संघसंस्थाको सन्धिखर्क नगरपालिकामा बसेको बैठकमा यस वर्ष महोत्सव गर्ने विषयमा सहमती जुट्न नसक्दा महोत्सव स्थगित भएको हो ।
अर्को बर्ष भने अर्घाखाँची चेम्बर अफ कमर्सले महोत्सव गर्ने विषयमा सहमती भएको छ । अर्को बर्ष चेम्बर अफ कमर्सले गर्ने र त्यसपछीका महोत्सव पालैपालो गर्ने सहमती भएको चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठले जानकारी दिनु भएको छ। महोत्सव गर्ने जग्गाको अभाव हुँदापनी महोत्सव हुन नसकेको हो । महोत्सव गर्ने कुनै निश्चित ठाउँ छैन । अघिल्लो वर्षहरुमा व्यक्तिगत जग्गा लिजमा लिएर महोत्सव गर्ने गरिएको थियो ।
 मेला हुने ठाँउ वरिपरी बोर्डिङ र स्कुल छन् । माघ पाँच गतेबाट बोर्डिङ र स्कुलहरु खुल्ने भएकाले यस वर्ष ढिलाई भएको निष्कर्ष निकालिएको हो । मेला–महोत्सव आयोजन गर्न नगरपालिकाले जग्गा उपलब्ध गराउन सकेको छैन । ‘जग्गाको अभाव भएकै हो, यसको समाधानका लागी ठुलै जग्गा चाहिन्छ, सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले भने,‘ ठाँउ हेर्दै छौं, केही समयमा निकास निकाल्छौं ।’ मेला–महोत्सव आयोजन गर्ने स्थान संगै बसपार्क, डम्पिङसाईड लगायतलाई पनी जग्गा खोजि गरिरहेको उहाँको भनाई छ । जिल्लामा महोत्सव नहुने भएपछी यहाँका वासिन्दाले रुपन्देही, कपिलवस्तु लगायतका स्थानमा गएर महोत्सव हेर्ने गरेका छन् ।
अर्घाखाँची उधोग वाणिज्य संघ र अर्घाखाँची चेम्वर अफ कमर्स समुह विच लामो समयदेखि आफुले गर्न पाउनुपर्छ भन्दै होडबाजी, विवाद चल्दै आएको थियो । यस अघि अर्घाखाँची उधोग वाणिज्य संघद्धारा कसैलाई पनि अर्घाखाँची महो्त्सव आयोजना नगर्न चेतावनी दिदै आएको थियो । 
उता गत वर्षहरुमा महोत्सवले स्थानिय ब्यवसायी मर्कामा परेको भन्दै विरोध हुँदै आएको थियो । अर्घाखाँची जिल्लामा अहिलेसम्म ४ वटा मेला महाेत्सव लागिसकेका छन् तर प्रथम ,दोश्रो  र तेश्रो महाेत्सव अर्घाखाँचीकाे हितमा हुन नसकेको आमजनताकाे गुनासाे छ ।
चौंथो अर्घाखाँची महोत्सव २०७५ पाैष २७ देखि माघ १० गते सम्म अर्घाखाँची उद्योग बाणिज्य संघकाे आयाेजनामा सन्धिखर्कमा सम्पन्न भएको थियोे ।



अन्य समाचारहरु