अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क स्ठित जिल्ला प्रहरी कार्यालयमा घुम्ती प्रशिक्षण अन्तर्गत भिड नियन्त्रण विशेष अनुशिक्षण तालिम समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
प्र.ह./प्र.ज. लक्षित भिड नियन्त्रण बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिमको समुदघाटन प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टबाट भएको थियो ।
उक्त तालिममा प्र.ह.-७ जना , प्र.ज.-२८ गरी जम्मा-३५ जनाको समुह रहेको ( जस मध्ये ३ जना महिला प्रहरी कर्मचारी ) सहभागी रहेको छ ।