अर्घाखाँची र प्युठानको संगम स्थल असुरकोटको ठुटेपाटा गाईघाटमा झोलुङ्गेपुल निर्माण (तस्बिर सहित)

सागर महत
ठुटेपाटा, अर्घाखाँची । प्युठानको ऐरावती गाँउपालिका वडा नम्बर ६ र अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको वार्ड नम्बर ५ असुरकोटको सगमस्थल ठुटेपाटाको गाईघाट झोलुङ्गेपुलको एक कार्यक्रमका बिच भुमिकास्थान नगरपालिका नगर प्रमुख रेशम थापाले उद्घाटन गर्नु भएको छ ।
नबनिमिक्त पुलको उद्घाटन गदै नगर प्रमुख रेशम थापाले विकास र समृद्धिको यात्रामा पुलले साझेदारी भुमिका खेल्ने बताउदै पुलले अर्घाखाँची र व्युठानको सम्बन्ध लाइ राम्रो बनाउने बताउनु भएको हो ।
यस्तै कार्यक्रममा मन्तब्य राख्दै ऐरावती गाँउपालिका वडा न ६ का अध्यक्ष चन्द्र बहादुर रानाले विकास स्थानीय बस्तीमा मात्र नभएर सम्पतिका रुपमा रहने बताउदै विकासको सबै बर्गले संरक्षण प्रर्बद्धन गर्नु पर्ने बताउदै चुनाबका बेलामा राजनितिक गरेतापनि विकासमा राजनितिक गर्न नहुने बताउनु भएको छ ।
 
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी भुमेकास्थान नगर अध्यक्ष राजेन्द्र आचार्य भुमिकास्थान नगरपालिका योजना शाखाका शोषकान्त घिमिरे ओेसन लगायतले मन्तव्य राख्नु भएको थियो ।
पुलको लम्बाई ६६ मिटर रहेको छ । भने पुल बाट ७८८ घरधुरी लाभान्वित हुने छन ।बर्खाको समयमा खोला ठुलो आउने भएकाले घास दाउरा गर्दा वा अन्य काम पर्दा खोला तरर्ने क्रममा सोही क्षेत्रमा ४ जनाको ज्यान गएको उपभोक्ता समितीका अध्यक्ष थानेश्वर आचार्यले बताए अहिले निकै खुशी छौ । पुल निर्माण भइसकेको छ ।
पुल सतिस लाख तिन हजार दुई सय अठार रुपीया लागतमा ग्रामीण तथा सामुदायिक विकास केन्द्र अर्घाखाँची र भुमेकास्थान नगरपालिकाको समन्वयमा सम्पन्न गरेकोे संस्थाका अध्यक्ष ठाकुर अधिकारीले जानकारी दिनुभयो ।

अन्य समाचारहरु