अर्घाको बेल्टारीका विद्यालयलाई जंकफूड निषेधित क्षेत्र

प्रेम नारायण आचार्य
बेल्टारी । सन्धिखर्क नगरपालिकाको वडा नम्वर १० अर्घाको बेल्टारीले सामुदायिक जनसेवा आधारभूत विद्यालयलाई पूर्ण रुपमा जंकफूड निषेधित क्षेत्र बनाउने अभियान सुरु गरेको छ ।
 विद्यार्थीहरुले चाउचाउ, बिस्कुट, दालमोठ लगायतका खाना खाजाको रुपमा प्रयोग गरेर वालवालिकाको स्वास्थयमा असर गरेका कारण विद्यालयलाई जंक फुड निशेधको अभियान सुरु गरेको वडा अध्यक्ष लक्ष्मीनारायण चुदालीले बताए । 
सामुदायिक विद्यालयमा रहेका सबै छात्रछात्रालाइ घरबाट खाजा ल्याउनकालागि टिफिन बक्स वितरण शुरु गरेको छ । जनसेवा आधारभुत विद्यालय बेल्टारीका विद्यार्थीलाइ आज टिफिन बक्स र विद्यालय पोशाक प्रदान गरेको वडा अध्यक्ष चुँदालीको भनाइ छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि पोशाक र टिफिन बक्स बितरण गरेको हो । 
कार्यक्रममा पुर्ण सरसफाइका बारेमा युएन ह्याविटाटका जिल्ला संयोजक शिवराज न्यौपाने, प्रकाश सचेतन समुहका निर्देशक प्रेमनारायण गैरेले प्रशिक्षण प्रदान गरेका थिए । 
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, वडा सदस्य ऋषिकेश भुसाल, चमकला भुसाल, वडा सचिव धर्मराज भुसाल, प्रधनाध्यापक माधवा भुसाल लगायतले मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु