कृष्ण परियार
सुपा देउराली, अर्घाखाँची पुस १५ गते (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको ऐतिहासिक एवम सुन्दर पर्यटकिय धार्मिक स्थल सुपा देउराली मन्दिरको अवलोकन भ्रमण र दर्शनका लागी आउने पर्यटकहरुको सङ्ख्यामा कमी आएको छ । चिसो मौसम सुरु भएसगै मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सन्ख्यामा कमि आएको हो ।
पौष महिना लागेपछि तराई, पहाड तथा हिमाली जिल्लाहरु संगै देशभर अत्यधिक चिसो बढेको छ । चिसोबढे संगै अवलोकन भम्रण तथा मन्दिर दर्शनको लागी आउने भक्तजनहरुको पछिल्लो समयमा कमि देखिएको हो ।
चिसो महिनाको समयमा प्राय: नरपानी देखि घुम्ती सम्म तुसारो पर्ने र बाटो चिप्लो हुनाले सवारी चलाउन समेत गाह्रो पर्ने गरेको सवारी चालकहरुले बताउने गर्दछन् । विहान तथा रातीको समयमा तुषारो परी धेरै नै चिप्लो बाटो हुने गरेकोले सवारी दुर्घटना न्यूनीकरणको लागी बिहान ३ बजे देखि बुटवल तर्फबाट आउने बस ट्रक,जीप मोटरसाइकल लगाएतका सवारी साधनहरूलाई उज्यालो भएपछि बिहान ६ ३० बजे पछिमात्र मात्र सुचारू गर्नका लागि नरपानी चौकिका इन्चार्ज सुर्य पन्थीले आग्रह गरे।
यस्तै विगतका महिनाको तुलना गर्दा सुपा देउराली मन्दिरमा दान, सहयोग तथा भेटी समेतबाट गरि मंसिर १ गते देखि १४ गतेसम्म ५ लाख ४५ हजार १ सय ४५ रुपैया सन्कलन भएको छ भने पौष १ गते देखि १४ गते सम्म २ लाख २९ हजार ५ सय २२ रुपैया संकलन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पृतम थापाले जाकारी दिए ।

घुम्तिदेखि नरपानीसम्म पछिल्लो तिन महीना यता धेरै ठुला दुर्घटना भइरहेको हुदा अहिले दुर्घटना नहोस भन्ने हितुले नरपानी प्रहरी चौकिले चेकिङको शिलसिलामा सवारी साधनलाई रोकी चालक परिचालकसंग १ मिनेट कार्यक्रम अनुरूप तीब्र गतिमा सवारी साधन नचलाउने,सवारी साधन चलाउदा मोवाईल फोनको प्रयोग नगर्ने,चालकलाई अप्ठ्यारो हुने गरी चालकको सिट नजिकमा यात्रुलाई नराख्ने प्रतिष्पर्धा एवं होडबाजी नगरी सवारी चलाउने सिट क्षमता भन्दा बढि यात्रु नराख्ने लगायत विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ । प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारवाही गर्ने ,त्यस्तै सजिलै सँग यात्रुलाई आ–आफ्नो गन्तब्य सम्म सुरक्षित पुर्याउन, यात्रुसंग सभ्य भाषा बोल्ने, चालक, सह–चालक सग राम्रो बोल्न, क्षमता भन्दा बढि यात्रु नबोक्न , यात्रागर्दा यात्रुहरुले समेत साबधानी अपनाउनको लागी जिल्ला ट्राफिक प्रहरी प्रमुख खेमानन्द काफ्लेले आग्रह गर्ने गरेको बताए ।

पटक पटक नरपानी देखि घुम्टी सम्मको सडकमा सवारी दुर्घटना हुनुको कारण के हुन सक्छ भनि सोधिएको प्रश्नमा नरपानी चौकीका इन्चार्ज सुर्य पन्थिले भौगोलिक अवस्था,साँघुरो एवं तिखो घुम्टिको सडक,उकालो एवं ओरालो जमिनी धरातल,परापुर्व समयमा स्थानीयले खनेको सडक भएकोले सडक बैज्ञानिक तवरले नखन्नु, सवारी साधनको चापलाई थेग्न नसक्ने सडकको अबस्था, चिसोको कारण सित तुषारो जमी सवारी चिप्लने समस्या,कतिपय चालक दक्ष नहुनु र प्रतिष्पर्धाको होडबाजी लगायतका कारणले बढी सवारी दुर्घटना हुने बताए ।

यस्तै सवारी दुर्घटना न्यूनिकरणका लागि के कस्ता उपायहरू अवलम्बन गर्नु पर्ला भन्ने प्रश्नमा सडक फराकिलो बनाउनु पर्ने,घुम्तीहरू कटिङ गरेर टाढा सम्मको सवारी देख्न सकिने गराउनु पर्ने, सवारी चालकले प्रत्येक मोडहरूमा हर्नको प्रयोग गर्नु पर्ने, सडकको किनारामा सेफ्टी वाल निर्माण गर्नु पर्ने,चालकले प्रतिष्पर्धाको भावना हटाउनु पर्ने,यात्रुहरू सचेत भई सवारी चलाउदा चालकको लाहपरवाही भएमा तत्काल प्रहरीमा खवर गर्ने बानीको बिकास गर्ने,आवस्यकतानुसार सडकमा सडक संकेत र कन्भेन्स मिरर राख्नु पर्ने, टाईमिङ कार्डको ब्यवस्था गर्नु पर्ने लगायतका कार्य गर्दा सवारी दुर्घटना न्यूनिकरण हुने नरपानी चौकीका ईन्चार्ज सुर्य पन्थीले बताए ।