अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीलाई मातृ शोक (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
गच्छेखोला, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँची जिल्ला अध्यक्ष थम्मन केसीको आमा कुन्तादेवी केसीको ७९ बर्षको उमेरमा दु:खद निधन भएकाे छ ।
हिजो पाैष १५ गते मंगलबार राति करिब १०:१५ बजेको समयमा दु:खद निधन भएकाे हो । 
मृतक केसीकाे आज गच्छे घाटमा दाहासंस्कार भएकाे छ । दाहसंस्कार अघि राजमो अर्घाखाँचीकाे आयाेजनमा श्रद्धाञ्जली सभा पनि सम्पन्न भयाे ।
 जिल्ला उपाध्यक्ष गोपाल पौडेलको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा राजमो प्रदेश सदस्य तथा जिल्ला सचीव बाबुराम पन्थी , नेकपा जिल्ला अध्यक्ष एवं प्रदेश सभा सदस्य चेतनारायण आचार्य ,सनपा उपप्रमुख ठाकुर कुमार बिक, साझा पार्टीका नेता हरि प्रसाद भुसाल लगायतले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै केसीकाे निधनले जिल्लाको बामपंथी आन्दोलनमा क्षति पुगेको बताउनुभएको हाे।
आमा कुन्तादेवीको सामान्य विरामी महसुस गरी जिल्ला अस्पताल अर्घाखाँची लैजाने क्रममा बाटोमा निधन भएको थियो । उता उहाका श्रीमान ओम बहादुर के.सीको ८७ वर्षको उमेरमा गत वर्ष बि.स २०७५ जेष्ठ २५ गते बिहान ६:१५ बजे शुक्रवारका दिन असामयिक निधन भएको थियो । 

अन्य समाचारहरु