– तेजेन्द्र पाण्डेय
सन्धिखर्क, अर्घाखाँची । महान्यायाधिवक्ता अग्नि खरेलले लोकतान्त्रिक पद्धतिमा नागरिकको हक अत्यन्तै महत्त्वपूर्ण हुने बताउनु भयको छ ।
न्याय प्रदानको क्रममा कहि कतै बाट हुन सक्ने अन्याय लाई पनि उत्तिकै ख्याल गरि नागरिक हकको प्रबर्द्धनमा सबै निकाय सचेत हुनुपर्ने उहाले बताउनुभयो । कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै महान्यायाधिवक्ता खरेलले कानुन कार्यन्वयनमा सबैको एकता आबस्यक भयकोमा जोड दिनुभयो । अपराध अनुसन्धानको सन्दर्भ उल्लेख गर्दै उहाले भन्नुभयो ” कहिलेकाही सामान्य घटनालाइ असामान्य बनायर आउदा ध्यान पुर्याउनु पर्दछ,सानातिना मुद्दामा धेरै समय खर्चिदा ठुला मुद्दामा पर्याप्त समय नपुग्न सक्छ ” ।
कानुनको शासनलाइ महत्त्व दिदै खरेलले भन्नुभयो ” कानुन भन्दा माथि छु भनेर कसैले सोच्यो मात्र भने पनि त्यो भ्रम हुनेछ,बर्तमानमा राम्रो काम गर्दा भविस्य स्वत राम्रो हुन्छ ,मिडिया कानुन कार्यान्वयनको एउटा माध्यम भयकाले सहि सुचना महत्त्वपूर्ण हुन्छ ” । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिस्टले प्रस्तुत गर्नुभयको अपराध अनुसन्धानमा पहाडि जिल्लामा केही नया योजना आबस्यक रहेको जिज्ञासाका सन्दर्भमा खरेलले समय सापेक्ष अपराध अनुसन्धानको कार्यका निम्ति पहल भैरहेको बताउनु भयो । महान्यायाधिवक्ता खरेलले जिल्लास्थित मुद्दामामलाको कार्य गर्ने कार्यालयका प्रमुखहरुको गुनासो सुन्दै कानुनका सिद्दान्त भित्र रहि न्याय सम्पादन गर्न निर्देशन समेत दिनुभयो ।
जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उदघाटन गर्न महान्यायाधिवक्ता खरेलको टिम बिहिबार अर्घाखाँची आयको हो । स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारि बिजयराज पौडेलले शान्ती,सुरक्षा ,जनहित र कानुन कार्यन्वयनमा जिल्ला प्रसाशन कार्यालय कटिबद्द रहेको बताउनु भयो । उक्त कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुखहरु,सुरक्षा निकायका प्रमुखहरु,कर्मचारिहरु साथै पत्रकारहरुको उपस्थिती थियो ।
शुक्रवार बिहान ८ बजे एक विशेष कार्यक्रमका बिच जिल्ला सरकारी वकिल कार्यालयको नवनिर्मित भवन उदघाटन गरिने जिल्ला सहन्यायाधिवक्ता हरि घिमिरेले जानकारी गराउनु भयो ।