खिम बहादुर अधिकारी
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको् छ । शितगंगा नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारीले किसानहरु हातेटयाक्टर बितरण गदै यसलाई सही सदुपयोग गर्न कृषकहरुलाई आग्रह समेत गनुभएको छ ।
छोटो समयमा कममजदुरबाट धेरै काम गर्न सकिने भएकाले अहिलेको समयमा सितगंगा नगरपालिका कृषिमा प्रबिधि प्रयोग गदै उत्पादनमा बृद्धि गर्ने महत्वपुर्ण खेल्ले नगर प्रमुख अधिकारीको भनाई छ ।
शितगंगा नागरपालिकाको झन्डै ५ लाखको लगातमा खरिद गरि १० ओटा हाते ट्याक्टर बितरण गरेको हो । नगरपालिकाले अपाङ्गता भएका ब्यतिmहरुलाई कृषि गर्न चाहेमा आवश्यकताको आधारमा ७५ प्रतिशत अनुदान दिने र नगरभित्र कृषि गर्ने दलित, जनजाति , ब्यवसाहिकरुपमा कृषि गरेका कृषकलागि यस झन्डै २ करोडो काम गर्नै नगर प्रमुख अधिकारीको भनाई छ ।
हाते ट्याक्टर ५० प्रतिशत अनुदानमा पाउदा ब्यवसाहिक रुपमा कृषि खेति गरेका कृषकहरुले आफुहरुलाई धेरै राहत मिलेको नयाँ बिहानी महिला कृषक समुह कमला अधिकाले बताउनु भयो ।