अर्घाखाँचीमा वर्षा र हिमपातका कारण चिसो, जनजीवन प्रभावित (फोटो फिचर)

बिहानदेखि पानी पर्न थाले पछी अर्घाखाँचीको जनजिवन कष्टकर बनेको छ । भने चिसोले गर्दा सदरमुकाम सन्धिखर्कमा चलपहल सुन्य जस्तै देखीएको छ ।विधालयमा पठन पाठनमा चिसोले गर्दा समस्या देखीएको छ । यातयातका साधन कम मात्रमा चलेका छन ।अर्केा तर्फ दैनिकीमा बढी कष्टकर बनेको पाइएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ ।आजराति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा वर्षा हुने जनाईएको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढ्ने हुँदा सर्तकता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर वर्षा र हिमपातका कारण चिसो बढेको छ ।
बिहान एकछिन आकाश खुले पनि दिउँसो भएलगत्तै मौसम धुम्मिएको थियो । अर्घाखाँचीका उच्च पहाडी क्षेत्रमा हिमपात भैरहेको छ ।  जनजीवन सामान्य रुपमा प्रभावित भएको छ ।
अर्घा,  धनचौर, जलुके, खाचिकोट, नरपानी, खन, सितापुर महाभारत पर्वत लगायत धेरै जसो भागमा पनि  हिउँ परेको छ ।
यस्तै, वर्षा र हिमपातका कारण विद्युत तथा इन्टरनेट प्रभावित भएका छन् ।  गाउँमा छुट्ने लामा तथा छोटो दूरीका गाडी चलेका छैनन् ।
चिसोका कारण स्थानीयबासिन्दा घर बाहिरको काममा निस्कन सकेका छैनन् । अर्घाखाँचीको न्यूनतम तापक्रम अहिले ५ डिग्री सेल्सियस मापन गरिएको छ । 
उता पश्चिममा पानी र हिउँ पारिरहेको प्रणाली प्रणाली शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसम विभागले बताएको छ ।  शनिबारको मौसम केही खुले पनि पूर्ण रुपमा खुल्न भने अझै केही दिन लाग्ने छ । 

अन्य समाचारहरु