अर्घाखाँचीडट्कम संवाददाता
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नं. २ पोखराथोकमा स्ठित हरिहर शिक्षा क्याम्पसमा नवआगन्तुक विधार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
बिएड तथा बिबिएस दोस्रो, तेस्रो र चौथो बर्षमा अध्ययनरत बिधार्थिहरूले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेका हुन ।
कार्यक्रममा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले हरिहर शिक्षा क्याम्पस महत्वपूर्ण शैक्षिक धरोहर भएकाले क्याम्पसको विकासका लागी सदैव अग्रसर रहने बताउनु भएको थियो । निराजन रसालिको अध्यक्षता, नुमा सारूको स्वागत मन्तव्य र कमला थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।