अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ निवासी उमा वस्यालले आफ्नो जन्मदीनको अवसरमा विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको छ । आफ्नो ४२ औं जन्म दिनको उपलक्ष्यमा बस्यालले ज्ञान प्रकाश माध्यमिक बिद्यालय सल्लिकोटका करीव २० जना बिद्यार्थीहरुलाई कापी र कलम वितरण गर्नु भएको हो । फजुल खर्च गर्न भन्दा पनि गरीव तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको वहाँले बताउनु भएको छ । बस्याल उक्त बिद्यालयकी शिक्षिका समेत हुनुहुन्छ ।
बिक्रम पाण्डे
सन्धिखर्क, अर्घाखाँची । पछिल्लो समय जन्म दिनको अवसरमा बढी खर्चिलो गर्ने परम्परा बसिसकेको छ । तर अर्घाखाँची जिल्ला सन्धिखर्क १२ स्थायी घर भैइ हाल सन्धिखर्क १ मा बसोबास गर्ने उमा बस्यालले आफ्नो जन्म उत्सवको अवसरमा गरीव तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेर मनाउनु भएको छ ।
बिपन्न तथा गरीव बिद्यार्थीहरुको शैक्षिक कृयाकलापमा सहयोग पुगोस भन्ने हेतुले शैक्षिक सामाग्री बितरण गर्नु भएको हो । आफ्नो ४२ औं जन्म दिनको उपलक्ष्यमा बस्यालले ज्ञान प्रकाश माध्यमिक बिद्यालय सल्लिकोटमा अध्ययन गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका करीव २० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री अन्तर्गत कापी , कलम तथा स्टेसनरीका सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
फजुल खर्च गर्न भन्दा पनि गरीव तथा बिपन्न वर्गका बिद्यार्थीहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको र शैक्षिक सामाग्री हस्तान्तरणले बिद्यार्थीहरुको पढाईमा केही सहज हुने बस्यालले बताउनु भयो । बस्याल उक्त बिद्यालयकी शिक्षिका समेत हुनुहुन्छ ।
कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सुर्य बहादुर खनालले शिक्षिका बस्याललाई शुभकामना ब्यक्त गर्दै स्टेसनरी हस्तान्तरण कार्यक्रम प्रशम्सनीय कार्य भएको बताउनु भयो । उहाँले यस्तो खालको कार्य सबैले अनुसरण गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम शिक्षक चिरञ्जीवी भुसालको सन्चालनमा सम्पन्न भएको हो ।