अर्घाखाँचीडट्कम संवाददाता
ढाकावाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं. १ मा रहेको विश्व मावि ढाकावाङ्गको आयोजनामा अभिभावक भेला सम्पन्न भएको छ । कार्यक्रममा कर्मचारी सम्मान गर्नुको साथै आर्थिक प्रतिबेदन पेश गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नगर उपप्रमुख खडानन्द बेल्वासेले शिक्षक, बिद्यार्थी र अभिभावक बिचमा एकरुपता भएमा मात्रै शिक्षामा उल्लेखनीय सुधार आउने बताउनु भएको थियो ।
कार्यक्रमका विशिष्ट अतिथी तथा वडा अध्यक्ष भोजराज खनालले बिधालयलाई नगरको उत्कृष्ट बिधालय बनाउने गरि काम भईरहेको बताउनु भएको बुझिएको छ ।
कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बाबुराम खनालको अध्यक्षता शिक्षक गोपालप्रसाद आचार्यको स्वागत मनतव्य र शिक्षक रामु परियारको संचालनमा सम्पन्न भएको हो ।