अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालयको आयोजनामा भिड नियन्त्रण विशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण ) तालिम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालयमा गत पौष १३ गते देखि संचालन भएको ६ दिन कार्य अवधिको प्र.ह./प्र.ज. लक्षित भिड नियन्त्रण विशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण ) तालिमका प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरुलाई प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले प्रशिक्षण तथा निर्देशन दिनु भएको थियो ।
“भिड नियन्त्रण विशेष अनुशिक्षण” तालिम समापन कार्यक्रममा सहभागीलाई प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले प्रमाणपत्र वितवरण गर्नुभएको थियो ।