श्याम घिमिरे
ढाकावाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाका नगर उपप्रमुख खडानन्द बेल्बासेले शिक्षक बिद्यार्थी र अभिभावक बिच एकरुपता भए मात्रै शिक्षामा उल्लेखनीय सुधार हुने भन्दै शैक्षिक बिकासको लागी सबैएकजुट भएर अगाडी बढ्नुपर्ने बताउनु भएको छ ।
विश्व माध्यमिक विद्यालय भुमिकास्थान नगरपालिका १ ढाकावाङ्ग पिपलनेटामा बिद्यालयले आयोजना गरेको कर्मचारी सम्मान तथा बिद्यालयको आय–ब्यय बिवरण सार्बजनिक एवं अभिभाबक भेलालाई सुक्रवार सम्बोधन गर्दे बेल्बासेले उक्त कुरा बताउनु भएको हो ।

बेल्बासेले बिद्यालयका पुर्व प्रधानाध्यापक तथा शैक्षिक एवं सामाजीक ब्यक्तित्व स्वर्गीय कुलानन्द बन्जाडेले देखाएको शिक्षाको बाटोमा अग्रसर भै लाग्न शिक्षक बिद्यार्थी र अभिभावकलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्दै भुमिकास्थान नगरपालिका १ का वडाअध्यक्ष भोजराज खनालले बिद्यालयलाई नगरको उत्कृष्ट बिद्यालय बनाउन सबै लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा पुर्ब बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षद्धय युवराज खनाल, कविराम खनाल, आम्बोट आधारभूत बिद्यालयका प्रधानाध्यापक हिमलाल खनाल लगायतले मन्तव्य राख्दै बिद्यालयको चौतर्फी बिकासमा सबै एक ढिक्का भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यसैबिच बिद्यालयमा करीब ३४ बर्ष बिद्यालय सहयोगीको पदमा रही उमेर हद्का कारण सेबा निबृत्त हुनुभएका बिद्यालयका पुर्ब बिद्यालय सहयोगी कर्मचारी कुलानन्द बन्जाडे र करीब १० बर्ष सम्म बिद्यालय सहयोगी पदमै रही सेबा निबृत्त हुनुभएका लेखबहादुर केसीलाई दोसल्ला ओढाई नगद र प्रमाण–पत्रले सम्मान समेत गरेको बिद्यालयले जनाएको छ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बाबुराम खनालको अध्यक्षता शिक्षक गोपालप्रसाद आचार्यको स्वागत मनतब्य र शिक्षक राम बहादुर परियारको संचालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक जुमलाल खनालले हाल सम्मको बिद्यालयको आयब्यय बिबरण सार्बजनिक गर्नुभएको हो । कार्यक्रममा बिद्यालयका अभिभाबक,शिक्षक,स्थानिय सामाजीक व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।




