अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची संचार सहकारीको दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
सहकारीको दोस्रो साधारण सभाबाट देबेन्द्र कुवरको अध्यक्षतामा ९ सद्स्य रहेको नयाँ कार्यसमिती चयन भएको छ ।
हिम बहादुर जिसी लेकाली संयोजक रहेको ५ सद्स्य सल्लाहाकार समिती, जितेन्द्र खत्री संयोजक रहेको ५ सदस्य ऋण समिती र सुरज रायमाझी संयोजक रहेको ३ सद्स्य रहेको लेखा समिती सहित सम्पुर्ण पदाधिकारीहरु निरबिरोध निर्वाचित भएका हुन् ।