सन्धिखर्कका १२ वार्डका वडासदस्यहरूकाे लदाम बगैचामा शुभकामना आदान प्रदान तथा वनभाेज कार्यक्रम सम्पन्न (तस्बित सहित)

हिम बहादुर जिसी लेकाली 
लदाम, अर्घाखाँची २०७६ पाैष १९ (अर्घाखाँचीडट्कम)  । सन्धिखर्क नगरपालिकाका १२ वटा वार्डका वडासदस्यहरूकाे आयाेजनामा सन्धिखर्ककाे लदाम बगैचामा शुभकामना आदान प्रदान तथा वनभाेज कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल भ्रमण वर्ष सन २०२०काे अवसर पारेर साे कार्यक्रमकाे आयाेजना गरीएकाे हाे ।
जेष्ठ वडा सदस्य सन्धिखर्क नगरपालिका वडा नं.९का बिष्णु प्रसाद अाचार्यकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसालले शुभकामना मन्तव्य राख्दै भ्रमण वर्ष २०२० सफल पार्नका लागि आफ्नाे क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरूकाे संरक्षण सम्बर्द्धन गर्नु पर्ने बताउनु भयाे । उहाँले सबै जन प्रतिनिधि तथा कर्मचारिहरूलाई जन भावनाकाे कदर गर्दै मन जितेर काम गर्न समेत आग्रह गर्नु भएको थियाे । 
कार्यक्रममा नगर उप प्रमुख ठाकुर कुमार बि .क (किशाेर )ले वडा सदस्यहरूकाे विशेष पहलमा नगरपालिका लाई कुनै ब्ययभार नपर्ने गरि आयाेजना गरियकाे यस कार्यक्रमले नगरपालिका परिवार माझ मित्रता र एकतालाई अझ प्रगाड बनायकाे बताउनु भयाे । कार्यक्रम मा प्रमुख जिल्ला अधिकारी बिजयराज पाैडेल प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवाली, एक नं.वडा अध्यक्ष युवराज बन्जाडे ,आयाेजक समितिका तर्फबाट सात नं.वडा सदस्य बिष्णु प्रसाद भुसाल , आठ नं.वडा सदस्य देवि थापा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियाे । 
कार्यक्रम मा रामबाण गणका प्रमुख सुमन थापा ,प्रहरी नायव उपरिक्षक प्रकाश बिष्ट,ससस्त्र प्रहरी बल प्रमुख माधव रेग्मी ,वडानं.२ का अध्यक्ष माेतिजंग रायमाझी ,३ का अध्यक्ष लिलाराम गाैतम ,४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ वडा नं. ,५ का अध्यक्ष राजेन्द्रप्रसाद भुसाल ,६ का अध्यक्ष कृष्ण आचार्य ,८का ईश्वरी प्रसाद भुसाल ,९ का देवि बहादुर रायमाझी ,१० का लक्ष्मि नारायण चुदाली ,११ का धुर्वराज आचार्य ,बिशेष नापी प्रमुख खेम राना लगायत कार्यपालिका सदस्यहरू नगर कर्मचारीहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमकाे स्वागत बडा नं. ८ का वडा सदस्य नारायण अर्याल र सन्चालन वडा नं.१ का वडा सदस्य तथा बनभाेज कार्यक्रम का संयाेजक लक्ष्मण पराजुलीले गर्नु भएको थियाे । 

अन्य समाचारहरु