पशुपति श्रेष्ठ
काठमाडौँ (अर्घाखाँची डट्कम) अर्घाखाँची सेवा समाज कतारको आयोजनमा हुन लागेको तेस्रो बनभोज तथा सांस्कृति कार्यक्रमको लागि चर्चित लोकदोहोरी गायक कुशल बेल्बासे कतार जाने भएका छन ।
समाजले आगामी १४ फेब्रुअरी २०२० का दिन अल सहानिया अल दोसारी जु मा तेस्रो बनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
सामान्य परिवारमा जन्मेका बेल्वासे आफु गीत संगीतलाई सानै उमेर देखि रुचि राख्ने गर्थे विद्याय गाँउ समाजमा हुने सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै बालकलारबाट संगीत क्षेत्रमा प्रबेश गरेका बेल्वासे २०५९ सालबाट राष्ट्रिय लोकदोहोरीको सांगीतिक क्षेत्रमा आफ्नो करियरमा डेढ दशक संघर्ष गरि पछिल्लो लोक दोहोरी गायकका रुपमा सु–परिचित मानिन्छन ।
राष्ट्रिय लोक दोहोरीको संगीत क्षेत्रमा आफुलाई स्थापित गर्न सफल बेल्वासे अर्घाखाँची जिल्ला पटौटि ७ साविक हाल पाणिनी गाँउपालिका ४ मा जन्मेका हुन् । रातोघलेकीमा गितको बोलको गितबाट चर्चा आएका बेल्बासेले प्रदेशियका प्रदेशीहरुको कथा र व्यथामा आधारित परदेशी, रिडी दोभान, बाँचे घर आम्ला चुईने खरको छानोमा टिन लाउँला नरौं मेरी आमा नरौ मेरा बाबा भन्ने माली गाईले बाछी चाटेको, बाँचे घर आम्ला, झुमे रुमाल , रानिफुल लगाएत दर्जनौ भन्दा बढी गीतमा आफ्नो स्वर दिएका छन ।
यति बेला उनी गाँउ समाजमा हुने विभिन्न महोत्सवहरुमा व्यस्त रहेका छन। कुशल बेल्वासेको साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष टेक राज थापाले जानकारी गराएका छन ।
समाजले कतारमा रहनुहुने सम्पुर्ण संघ संस्था, बुद्धिजीवी, समाजसेबी, पत्रकार तथा अर्घाखाँची वासिहरुलाई कार्यक्रममा सफल पार्न सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ ।