अर्घाखाँचीडट्कम संवाददाता
कुर संखेटारी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । १६ औ हरि स्मृति दिवसको अवसरमा श्री भगवती माध्यमिक विद्यालय कुर संखेटारी सन्धिखर्कमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
हाजिरीजवाफ प्रतियोगितामा भगवति माध्यमिक विद्यालय संखेटारीका छात्रछात्रा प्रथम, ज्ञान प्रकास माध्यमिक विद्यालय सल्लीकोटका छात्रछात्रा द्वितीय र जनज्योति माध्यमिक विद्यालय चुत्राबेसीका छात्रछात्राले तृतिय स्थान हासिल गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई नगद तथा प्रमाण-पत्रले सम्मान गरिएको थियो ।
हाजिरीजवाफ कार्यक्रम पश्चातको औपचारीका कार्यक्रममा स्व. हरि प्रसाद खनालको फोटो तथा शालिकमा माल्यार्पण गरि श्रदान्जली व्यक्त गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले मेधाबी छात्र हरि खनाल तृष्ण बुद्धि भएको कुशल विद्यार्थीका साथै वालबालिकाको अगुवा नेता समेत भएको बताउंदै उहांको स्मरण गर्नुभएको थियो ।
स्बर्गीय हरि प्रसाद खनालका बुबा दयाराम खनालको अध्यक्षता र शिक्षक शोभाखर पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, रामबाण गुल्म अर्घाखाँचीका गणपति सुमन थापा, प्रहरी नायब उपरिक्षक प्रकाश विष्ट, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख मणिराम पराजुली सन्धिखर्क–२ का वडा अध्यक्ष मोतीजङ्ग रायमाझी, पत्रकार महासंघका अध्यक्ष हिम लेकाली, कोषाध्यक्ष विनोद गैरे लगायतको उपिस्थती रहेको थियो ।
स्वर्गीय खनालको भगवती माध्यमिक विद्यालय शंकेटारीमा कक्षा ८ मा पढ्दै गर्दा २०६१ पौष २१ गते पोखरामा सम्पन्न बाल कार्यक्रममा सहभागी भएर फर्कदा नरपानीमा बस दुर्घटनामा परि निधन भएको थियो । शैक्षिक क्षेत्रमा जिल्लाको नाम चिनाउन कार्यक्रममा पुगेर फर्कदै गर्दा भएको उहांको स्वर्गारोहण भएको थियो उहाँको सम्झनामा अभिभावक तथा विद्यालयले प्रत्येक बर्ष हरि स्मृति दिवस मनाउंदै आएको स्वर्गीय हरि खनालका बुवा दयाराम खनालले जानकारी दिनुभएको छ ।