विन्दु घिमिरे
ढिकुरा, अर्घाखाँची – गंगा जवुना महिला कृषि सहकारी संस्था लिमिटेड भुमिकास्थान नगरपालीका ९ ढिकुराको चौथो बार्षीक साधारण सभा आईतबार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रेमकला खत्रीको अध्यक्षता, गायत्रा थापाको स्वागत मन्तव्य र सचिब भगवता चुँदालीको सन्चालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगरपालीकाका नगरप्रमुख रेशम थापा, वडा अध्यक्ष नारायणप्रसाद खनाल, वडा सदस्य देबिप्रसाद पोख्रेल, संगीता परीयार, जनचेतना सरोकार मञ्चका मीनबहादुर थापा, सामाजीक परीचालीका आकृती भट्टराई, ढिकुरा बचत ऋ्ण सहकारी संस्थाका मतीराज भट्टराई, महाभारत कृषक सहकारी संस्थाकी उपाध्यक्ष मुना पोख्रेल, साना किसान सहकारी संस्था लिमिटेडका अध्यक्ष नमकला चुदाली लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
गँगा जवुना महिला कृषि सहकारी संस्था लिमिटेड ढिकुराको चौथो बार्षीक साधारण सभा सम्पन्न कार्यक्रममा सहकारीका जेष्ठ सदस्य लिला कुमारी शाहलाई सम्मान समेत गरीउको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष रेमकला खत्रीले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष सीता थापाले आर्थिक प्रतीबेदन प्रस्तुत गरेका थिए ।