सन्धिखर्कमा निजी आवाज पुननिर्माण अवस्थाबारे अन्तरक्रिया तथा कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न

सागर महत
सन्धिखर्क, अर्घाखाँची  । निजी आवाज पुननिर्माण अवस्थाबारे जानकारी, अन्तरक्रिया तथा कार्ययोजना निर्माण कार्यक्रम सन्धिखर्क नगरपालिकामा सम्पन्न भएको छ । 
कार्यक्रम जिल्ला आयोजना कार्यान्वय ईकाई सन्धिखर्कको आयोजनामा गरीएको हो । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका शिक्षा शाखा प्रमुख युगनारायण बस्यालले निर्धारित समयमै काम सम्पन्न गर्नकोे लागी सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभएको थियो ।कार्यक्रममा सन्धिखर्क नगरपालिकाका १२ वटा वडाका अध्यक्षहरुको सहभागीता रहेको थियो ।वडा अध्यक्षले पुन निर्माण गर्दा छुटेका लाभग्राइका गुनासा राखेका थिए ।
कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले असार मसान्त सम्म सबै वडामा पुननिर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रम लेखा अघिकृत ठाकुर कुमार श्रेष्ठको सञ्चालन निमिक्त आयोजना कार्यान्वय ईकाई शैलेन्द्र यादबको प्रस्तुतीमा कार्यक्रम सम्पन्न भएको  हो ।

अन्य समाचारहरु