अर्घाखाँची अस्पताल र स्वास्थ्य कार्यालयद्धारा डा.जगन्नाथ तिवारीलाई बिदाई (तस्बित सहित)

अशाेक चाैहान
सन्धिखर्क, अर्घाखाँची पुस २१ गते  । अर्घाखाँची अस्पताल र स्वास्थ्य कार्यालयकाे संम्युक्त बिदाई कार्यक्रम सम्पन्न अर्घाखाँची अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.जगन्नाथ तिवारी लाई एक कार्यक्रम बिच बिदाई गरियकाे छ । 
बिदाईकाे अध्यक्षता जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिदाहुनु हुने डा .तिवारी लाई मायाकाे चिनाे खादा ,मालाले सम्मान गरिएको थियाे बिदाई कार्यक्रममा मन्तब्य राख्नेहरूमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले लामो समय सम्म अर्घाखाँची बसि अर्घाखाँचीका बासिन्दा लाई स्वास्थ क्षेत्रमा गुणस्तरीय स्वास्थ सेवा पुर्याएको भन्दै उहाँको उच्च मुल्यांकन सहित बिदाइको शुभकामना दिनु भएको छ । 
स्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख पुष्पा थापाले डा.तिवारीले ६ बर्ष सम्म अर्घाखाँचीकाे स्वास्थ्य क्षेत्रमा रहि पुर्‍याउनु भएको स्वास्थ्य सेवाकाे उच्च प्रशंसा गर्दै सुन्दर भविष्य काे कामना गर्नु भएको थियाे ।डा. कपिल गौतमले पनि आफ्नो भनाइहरु राख्दै अर्घाखाँची बासीको मन मुटुमा बस्न सफल हुनु भएको भन्दै अबको दिनहरुमा पनि सफल कार्यकालको उच्च संमान गर्दै जिल्ला अस्पतालमा पुर्याएको सेवा लाई अबको दिनहरुमा पनि मैले गुणस्तरीय सेवा दिने भन्दै मन्तब्य राख्नु भएकाे थियाे ।
 कार्यक्रममा डा .जगन्नाथ तिवारीले अाफ्ना भनाइहरू राख्दै अाफ्नाे कार्यकाल सफल पार्न सहयाेग पुर्‍याउनु हुने सबै कर्मचारीलाई र सबै प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियाे बिदाई हुनेहरूमा जनस्वास्थ्य अधिकृत हरि प्रसाद पन्थी ,नासु मदन भट्टराई र अनमी अधिकृत अनिता भुसाल समेतलाई बिदाई गरिएकाे थिए  । 
कार्यक्रममा खाेप अधिकृत राम प्रसाद गाैतमकाे स्वागत गणेशराज पाैडेकाे सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियाे ।
 

अन्य समाचारहरु