सन्धिखर्कमा ३ दिने तरकारी खेति प्रविधि तालिम शुरु

सागर महत
सन्धिखर्क, अर्घाखाँची । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जोनको आयोजनामा ३ दिने तरकारी खेति प्रविधि तालिम आजदेखि सन्धिखर्कमा सुरु भएको छ । ग्रीन हाउसमा तरकारी खेति गर्ने नयाँ प्रविधिका बारेमा कृषकहरुलाई जानाकारी दिने हेतुले तालिमको आयोजना गरिएको जोनले जनाएको छ । जिल्लामा रहेका तीन वटा पालिकाका क्रियाशिल ४५ जना कृषकहरुलाई नयाँ प्रविधिमा तरकारी खेती कसरी गर्न सकिन्छ भन्ने विषयमा ३ दिनसम्म तालिम दिईने छ ।
‘मौषमि र वेमौषमि तरकारीमा लगाऔं मन, विदेश जानु पर्दैन है, स्वदेशमै रोजगारी र धन’ भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रममा,, मन्तव्य राख्दै कृषि ज्ञान केन्द्रका प्रमुख देवेश कुमार मिश्रले सरकारले कृषिमा ल्याएका नयाँ प्रविधिको प्रयोग गरि आत्मनिर्भर बन्नेतर्फ लाग्न कृषकहरुलाई आग्रह गर्नुभयो । उँहाले ३ दिनसम्म ग्रीन हाउसमा तरकारि खेति कसरि गर्ने लगायतका प्रविधिका बारेमा सिकाईने ज्ञान,, राम्रोसँग सिक्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरणका बुद्धिराम भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सहभागि कृषकहरुलाई ग्रीन हाउसमा तरकारी खेति गर्ने नयाँ प्रविधि लगायतका विषयमा कृषि वैज्ञानिक सरोज अधिकारीले सहजिकरण गर्नुहुनेछ ।
 कार्यक्रममा सन्धिखर्क नगरपालिका, छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिका वडा नम्बर–५ का ४५ जना कृषकहरुको सहभागिता रहेको छ । कार्यक्रम तरकारी जोन संचालनक समिति अर्घाखाँचीका संयोजक राम बहादुर रायमाझीको अध्यक्षता र कृषि अधिकृत थिरलाल गैरेको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु