सिद्धाराकाे खयरभट्टीमा छात्र छात्रालाई पोसाक बितरण

( प्रकासित मिती: २०७६ माघ १६, विहीवार)
अर्जुन बेल्बासे
सिद्धारा  (अर्घाखाँचीडट्कम) ।   सामाजिक अभियान्ता गणेश बेल्बाबासे संगमले आफ्नो पारिश्रमिकबाट अर्घाखाँचीकाे शितगंगा नगरपालिका वडा नं. ११ सिद्धाराकाे खयरभट्टी दोबाटा स्थित ताराज्योती आधारभूत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विद्यालय पोशाक वितरण गरेका छन् ।
पोसाक र शैक्षिक सामाग्री पाएपछि विद्यार्थी र अभिभावकहरू खुसी भएका छन ।यो अभियानले विद्यार्थीहरुलाई थोरै भएपनि पठनपाठनमा सहयोग पुर्याउने अपेक्षा गरेका छन । पछिल्लो समय समाज सेवामा निरन्तर हात लम्काइ रहेका बेल्बासेले सरस्वती पूजाको उपलक्ष्यमा फजुल खर्च गरेर रमाउनु भन्दा बचत गरी सकारात्मक काममा आफनो लगानी लगाउनुपर्ने भन्दै आफु पनि शिक्षण पेशामा आवद्द भएकोले विद्यार्थीहरुलाई शिक्षाको पहुँच सम्म ल्याउन पोशाक र शैक्षिक सामाग्री वितरण गरेको बताए ।
बेल्बासेले गरेको यो उदाहरणीय कार्य प्रति विद्यालयका प्रध्यानाध्याप सरस्वती पौडेलले प्रशंसा गरेकी छिन । बेल्वासेले विद्यालयलाई अन्य समयमा पनि सहयोग गरेको भन्दै धन्यवाद समेत दिईन् । विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष विष्णु परियारले विद्यालयको अवस्था बारे जानकारी दिदैँ विद्यालयमा सहयोग गर्ने प्रति धन्यवाद प्रकट गरे । समाजसेवि बेल्वासेले विद्यार्थीहरुको संरक्षणको लागी विगत लामो समयदेखी विभिन्न कृयाकलाप गरिरहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
उज्यालो सामाजिक विकास संस्थाका अध्यक्ष समेत रहेका बेल्वासेले अन्य क्षेत्रमा खर्च गर्नु भन्दा शिक्षामा लगानी गरेको त्यसको राम्रो परिणाम आउने बताए । मानिसलाई जति सम्पती भएपनि नपुग्ने भन्दै सामाजिक काम गरेर आत्मसन्तुष्टि हुने जनाए । उनीले आफु निरन्तर समाजिक क्षेत्रमा क्रियशिल रहने प्रतिवद्धता जनाए ।

अन्य समाचारहरु