(प्रकासित मिती: २०७६ माघ १६, विहीवार)
शोभाखर पन्थी
शंखेटारी, अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेको श्री भगवती माध्यमिक बिद्यालय कुर शंखेटारीले अंग्रेजी भाषाको माध्यमबाट पठनपाठन गर्ने भएको छ ।
अंग्रेजी भाषाप्रती बिद्यार्थी र अभिभावकको चासो बढे सँगै अंग्रेजी भाषाको माध्यम बाट पठनपाठन सुरु गर्न लागेको बिद्यालयले जनाएको छ । यसबर्ष पुर्व प्राथमिक तह र कक्षा १ मा अंग्रेजी भाषाको माध्यम बाट शिक्षण गरिने र आगामी बर्ष क्रमशः बिस्तार गर्दै लैजाने बिद्यालयका प्रधानाध्यापक श्यामबहादुर भुसालले बताउनुभयो । उहाँले आधुनिक प्रविको माध्यम बाट सुबिधा सम्पन्न कक्षा कोठामा दक्ष शिक्षक बाट शिक्षण गरिने बताउनु भयो । अंग्रेजी भाषा शिक्षणको एक समारोहका बीच सन्धिखर्क नगरपालिका वडा नं. २ का अध्यक्ष मोतिजङ्ग रायमाझीले शुभारम्भ गर्नु भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले परिवर्तित समय र परिस्थिति अनुसार बिद्यालय र शिक्षकले आफु लाई रुपान्तरण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । सरकाले शिक्षा क्षेत्रमा लगानी गरे अनुसार प्रतिफल आउन नसकेको भन्दै उहाँले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खाँचो रहेको बताउनु भयो । अध्यक्ष रायमाझीले शैक्षिक गुणस्तर वृद्धि लाई मुलमन्त्र बनाएर अगिबढ्न शिक्षकहरु लाई आग्रह गर्दै सहयोगका लागि आफु हरबखत तयार रहेको बताउनुभयो ।