छत्रगन्जमा १८५ थान निशुल्क खानेपानी टंकीबितरण कार्यक्रम सम्पन्न

(प्रकासित मिती: २०७६ माघ १६, विहीवार)
रुद्रमणि भुसाल
छत्रगन्ज, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेब गाउँपालिका वार्ड नं ५ छत्रगन्जको आयोजनामा १८५ थान निशुल्क खानेपानी टंकीबितरण कार्यक्रम छत्रगञ्जमा सम्पन्न भएको छ ।
खानेपानीको निकै समस्या रहेको छत्रदेबमा खानेपानीको आधारभुत समस्यालाई निराकरण गर्ने उदेश्यले निशुल्क खानेपानीका टंकीबितरण कार्यक्रमलाई तिब्रता दिएको छत्रदेब गाउँपालिका अध्यक्ष लेखनाथ पोख्ररेलले जानकारी दिनु भयो । कार्यक्रममा उपाध्यक्ष तुल्सादेबि श्रेष्ठले खनोपानीको समस्या हुदा महिलाहरुले निकै दुखपाएकाले अब ती दुखलाई गाउँपालिकाले बिस्तारै पुरा गर्न वार्ड नं. ५ झन्डै २२ लाखका पलास्टिकका पानी टंकीबितरण गरेको बताउनु भयो ।
गाउँपालिकाले खानेपानीको समस्यालाई मध्यनजर गदै छत्रदेबका वार्ड १,२,३मा खानेपानी टंकीपनि निर्माण गरिरहेको प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको भनाइछ ।निशुल्क टंकीबितरण कार्यक्रम क्रमश अन्य घरपरिवारलाई पनि बितरण गरिने वार्ड नंं ५ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य समाचारहरु