कांग्रेस भुमिकास्थान रुपन्देहीको भेला एवं वनभोज कार्यक्रम बुटवलमा सम्पन्न (तस्बिर सहित )

प्रेम नारायण आचार्य
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसालले दुई तिहाइको सरकारले जनताको मत माथि कुठाराघात गरेको बताउनु भएको छ । उहाँले बर्तमान सरकारको कारण बार्षिक १० प्रतिशत भन्दा बढी महंगी बढेको बताउदै महंगीका कारण गरिब जनताले शास्ती खेपिरहेको बताउनु भयो ।
नेपाली कांग्रेस अर्घाखाँची भुमिकास्थान रुपन्देही सम्पर्क समितिको भेला एवं वनभोज कार्यक्रमलाई बुटवलमा सम्बोधन गर्दै बर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताउनु भयो । नेपाली कांग्रेस अर्घाखाँचीका सभापति बिष्णु प्रसाद खनालले हजारौंको बलिदानी र जनआन्दोलनबाट प्राप्त भएको लोकतन्त्रको रक्षाकोलागि कांग्रेस बलियो बनाउन सबै लाग्नु पर्ने बतनउनु भयो ।
नेपाली कांग्रेसका निबर्तमान सभापति तथा सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले नेपाली कांग्रेस बिना राष्ट्रको समृद्धि कल्पना गर्न नसकिने बताउनु भयो ।
कार्यक्रममा शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी , भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द वेल्वासे, पाणिनि गाउँ पालिकाका अध्यक्ष अच्युत गौतम, छत्रदेव गाउँ पालिकाका अध्यक्ष लेखनाथ पोख्रेल, उपाध्यक्ष तुलसादेवी श्रेष्ठ ,नेपाली कांग्रेस जिल्ला सदस्य चन्द्रा गैरे, भुमिकास्थान नगर पाटी सभापति अशोक श्रेष्ठ , वडा सदस्य खुमानन्द पौडेल, प्राध्यापक संघका प्रेमप्रसाद पौडेल, शिक्षक संघका छबिलाल भुसाल लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम लक्ष्मण वेल्वासेको सभापतित्व, घनश्याम पौडेलको स्वागत र गोविन्द पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु