डिर्भनाका आगलागी पीडित परिवारलाई जिल्ला प्रशासनद्धारा आर्थिक सहयोग (तस्बिर सहित )

गणेश खनाल  
डिर्भना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिर्भना धारामाथीका आगलागी पीडित ३ परिवारलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग गरेको छ ।  
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पिडित बस्यालकै घरमै पुगी राहत सरुप १०-१० हजार रुपैयाँ प्रदान गर्नुभएको हो । 
नेपाल रेडक्रस सोसाईटी अर्घाखाँचीले पिडित परिवारलाई १-१ सेट राहत साम्रगी समेत प्रदान गरेको छ ।
अर्घाखाँचीे सनपा ११ डिर्भनाका स्थानीय गोपाल बस्याल,वसन्त बस्याल र तारा बस्यालको बस्दै आएको घर शुक्रवार विधुत्त सट भई आगलागि हुदाँ पुर्णरुपमा क्षति भएको थियो । आगलागीबाट झन्डै १८ लाख बराबराको धनमाल जलेर नष्ट भएको जनाईएको छ ।  
आगलागी भएकोे स्थानमा नेपाली सेनाका गुल्मपति सुमन थापा,शसस्त्र प्रहरी नायव उपरिक्षक माधव रेग्मी, सन्धिखर्क नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली,प्रहरी निरिक्षक रामनारायण गुप्ता,रेडक्रस उपसभापति राधा नेपाली लगाएतले स्थलगत अवलोकन गरेका थिए ।

अन्य समाचारहरु