सिद्धाराको बराहदहमा डिभिजन वन कार्यालयको सिमसार दिवस कार्यक्रम सम्पन्न (तस्बिर सहित )

प्रकाशित मिति: सोमवार, माघ २०, २०७६

सागर महत
सिद्धारा  । विश्व सिमसार दिवस, अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नम्बर ९ सिद्धाराको बराहदह गोही पाइने ठाउँमा बनाएको छ ।डिभिजन वन कार्यालय अर्घाखाँचीको आयोजना तथा सामुदायिक वन उपभोक्ता समूहहरुको सहआयोजनामा एक कार्यक्रमका बिच बराहदहको परिक्रम गरी बनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर ९का वडा अध्यक्ष भिम केसीले ‘भविष्यका लागी सिमसार, दिगो जिविकोर्पाजनको मुख्य स्रोत भएकोले मुख्यतय सिमसारको महत्व बारे कुनै पनि जानकारी नभएका स्थानीय जनमानसमा पहिलो पटक सचेतना कार्यक्रम संचालन गरेकोमा डिभिजन वन कार्यालय अर्घाखाँची लाइ धन्यवाद दिदै विशेष गरी प्रचार प्रचारको अभावमा ओझ्mोलमा परेको एक मात्र गोही पाइने क्षेत्र बराहदहको संमरक्षणको लागी नगरपालिका ,प्रदेश सरकार र केद्र सरकार संग बजेट निकासा गर्नको लागी पहल गरेको बताउदै यसको विकासको लागी स्थानीय स्तर बाट सयोगको उपेक्षा रहेको बताउनु भएको छ ।कार्यक्रममा सामुदायिक वन उपभोक्ता समुह स्तरीय सिमसार र जैविक विविधता, वन तथा वातावरण र पर्यटन सम्बन्धी लोकगीत प्रतियोगिता संचालन गरिएको थियो ।
प्रतियोगितामा ५ समुह सहभागीता रहेको थियो। जसमा प्रथम मथुरा सामुदायिक बन, द्वितिय  आँपसोती महिला सामुदायिक बन र तृतिय जाबुने दमार सामुदायिक बन भएको थियो ।प्रतियोगी टिम लाइ क्रमश २५ सय,१५सय एक हजार नगद सहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
लोक गित कार्यक्रमको निर्णयकमण्डल सहायक वन अधिकृत ठाडाका इन्चार्ज यादव सापकोटा, पत्रकार जितेन्द्र खत्री, सहायक वन अधिकृत मोतीराम पौडेल निर्णयकमण्डल मा रहनु भएको थियो ।
कार्यक्रम सहायक वन अधिकृत यादव सापकोटाको स्वागत मन्तव्य नुनेपानि सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष पदम केसीको अध्यक्षता सहायक वन अधिकृत शिला पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।

अन्य समाचारहरु