सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची र कपिलवस्तुका धेरै सडकहरुमा धमाधम काम हुन थालेपछि यि दुई जिल्लाका स्थानियबासीहरु हर्सित हुन थालेका छन ।
दुईजिल्ला हेर्ने शिवपुर सडक कार्यालयले अहिले दुई जिल्लामा सडकहरुमा दुर्त गतिका साथ काम अगाडि बढाएको छ । सडक तथा पुल हरुको कामलाई दुर्त गतिका साथ अगाडि बढाईएको सडक कार्यलय शिबपुरका प्रमुख ईश्वर बहादुर रिजालले जानकारी दिनु भयो ।
यस बर्ष निकै महत्त्वपूर्ण मानिऐको शितगङगा नगरपालिकाको वाणगङगा खलामा पुल निर्माण गर्नका लागि टेन्डर अाभान गरे सगै त्यहाका स्थानिय निकै खुसि भएका छन । अर्घाखाँची जिल्लाको सडक सुधार कार्यक्रम अन्तरगत बिभिन्न मोडकटिङ काम काम भएका छन ।
गोरुसिङगे सन्धिखर्क सडकका बिभिन्न ठाउहरुमा साघुरा घुम्टि कटिङ्ग गरि फराक पार्ने कामले अन्तिम रुप लिएको छ । बढि दुर्घटना सडकका कारण हुने गरेको गुनासो आएपछि बाटो चौडा बनाउने गुणस्तर बनाउने काम भईरहेको छ ।
सिबपुर सडक मातहतका अधिकाम्स सडकमा यस बर्षपनि धमाधम काम भईरहेका ठाउमा कार्यलय प्रमुख रिजाल सहितका ईन्जिनियरहरुको प्राबिधिक टोलिले दैनिक अनुगमन गर्ने गरेको छ । कपिलवस्तु जिल्लाको सबैभन्दा ठुलो समस्या रुपमा रहेको हुलाकी सडक पनि अहिले कालोपत्रे हुनलागेको छ । सडकबन्न थालेपछि स्थानीय बासिन्दा निकै हर्सित भएका छन ।
हुलाकी सडक बनेपछि कपिलबस्तुको ४ वटा नगरपालिका १ गाँउपालिका बासीलाई सुविधा पुग्ने भएको कारण तौलिहवा देखि बहादुरगँजसम्म कालोपत्रे हुनलागेको योजना प्रमुख ईश्वर बहादुर रिजालले जानकारी दिनु भयो ।
हुलाकी सडक ३ प्याकेजमा बन्नेछ । पहिलो ब्याकेज अन्तर्गत १५ किलोमिटर सडक शर्मा एण्ड शर्मा कम्पनले ठेक्का सम्झौता गरेर काम गर्न लागेको छ । दास्रो प्याकेज १५ देखि ३२ कि.मि. सम्म लामा गोल्डेन शिवशक्ति कम्पनिले ठेक्का प्राप्त गरेको छ ।
त्यस्तै तेस्रो ३२ देखि ५० किमीसम्म शर्मा कन्ट्रकसले ठेक्का पाएको रिजालले जानकारी दिनु भयो । सडकको कुल लगत २ अर्ब २३ करोड ७३ लाख ५ हजार रहेको छ । ११ मिटर चौडाईहुने सडक ३ बर्षमा योजना पुरा हुने गरि काम दुर्त गतिमा अगाडि बढेको योजना प्रमुख रिजालले जानकारी दिनु भयो ।
हुलाकी सडक योजना प्रमुख ईश्वर बहादुर रिजालका अनुसार हुलाकी राजमार्ग कार्यालय कपिलबस्तु अन्तर्गत तौलिहवाको बजार नजिक तरन्तपुर कपिलबस्तुको अन्तिम बाईन्ट ५०.५ किलोमिटरको ठेक्का ब्यवस्थाप नभई निर्माण कार्य अगाडी बढाउएको जानकारी दिनु भयो ।
हुलाकी सडक कालोपत्रे भएपछि यसबाट प्रत्यक्ष रुपमा कपिलबस्तुका स्थानीयहरुलाई आवत जावत गर्न फाइदाहुने भन्दै स्थानिय हर्सित छन । रिजाल त्यस कार्यालयमा आएपछि काम निकै दुर्त गतिमा अगाडि बढेको दुई जिल्लाका जनताको बुझाई छ । रिजाल आफै रातदिन सडकमा खटिएको र गुणस्तरीय काम त्यहि अनुसार भएको जन्ताको बुझाई छ ।