अर्घाखाँचीका महत्त्वपूर्ण सडकहरु धमाधम निर्माण

Image result for अर्घाखाँची सडक arghakhanchi.com"

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका  महत्त्वपूर्ण सडकहरु धमाधम  निर्माण हुँदा स्थानीयबासीहरु  हर्षित हुन थालेका छन ।
प्रदेश सरकार अन्तरगतको  पुर्बाधार सडक कार्यालय अर्घाखाँचीले सडकहरुको काम दुर्त गतिमा गरेपछि गाउँ गाउँमा ठुला फराकिला सडक निर्माण गरेपछि ग्रामिण भेगका जनताहरु हर्षित बनेका हुन । 
यस  अघि पुर्वाधार सडक कार्यलय गुल्मीले अर्घाखाँची सहितका जिल्लाको सडकहरु हेर्दै आएकोमा केहि महिना देखि पुर्वाधार सडक कार्यलय अर्घाखाँचीमा स्थापना भएको हो । 
यस अघि अर्घाखाँचीमा सम्पर्क कार्यालयको रुपमा सडक कार्यलय रहेको थियोे । पुर्वाधार सडक कार्यलय अर्घाखाँचीको मातहतमा अहिले ५६ वटा जिल्लाका बिभिन्न सडक योजनाहरु रहेको पुर्वाधार सडक कार्यलय अर्घाखाँचीका सिनियर डिभिजन ईन्जिनियर  बिनोद चौधरिले जानकारी दिनु भयो । 
अर्घाखाँचीमा रहेका सबै सडकहरुको प्रथम चरणको टेन्डर आवहाँन गरि कामहरु दुर्त गतिमा अगाडि बढिरहेका छन भने डेन्डर आवहाँन गर्दा निर्माण ब्यबसायीको प्रतिस्पर्धाबाट बचेको पैसाले दोस्रोपटक टेन्डर आवहाँन गरि काम सुरु गर्न लागिएको कार्यालयका प्रमुख बिनोद चौधरीले बताउनु जानकारी दिनु भयो । 
सडक कार्यलयले अहिले अर्घाखाँचीमा  निर्माण भईरहेका  सडकहरुमा दुर्त गतिका साथ काम अगाडि बढाएको छ । सडकहरुको कामलाई दुर्त गतिका साथ अगाडि बढाईएको सडक कार्यलय अर्घाखाँचीका प्रमुख प्रमुख बिनोद चौधरीले जानकारी दिनु भयो ।
सडकका कामहरुको अनुगमनलाई तिब्र पारिएको छ भने गुणस्तरीय काम नगर्ने निर्माण कम्पनिको बिल भुक्तानी नगर्ने चेतावनी कार्यलयले दिएपछि निर्माका कामहरु गुणस्तरीय बनेका छन ।
प्रदेश सरकारको अर्घाखाँचीका ५६ योजनामा झन्डै ५७ करोड बजेट छ जस अन्तरगत यो बर्षको कामबाट काम सम्पन्न भएका योजनाको १० करोड जति रकम निर्माण कम्पनिलाई भुक्तानी गरि सकिएको कार्यलय प्रमुख चौधरिले बताउनु भयो ।
अर्घाखाँची जिल्लामा सडक कार्यलय स्थापना भएपछि अर्घाखाँचीबासी हर्षित छन । 
गुल्मि पाल्पा अर्घाखाँची गरि तिन जिल्लाको काम हेरेका चौधरी अर्घाखाँचीको कार्यालय प्रमुखको रुमा हाजिर भएपछि अर्घाखाँचीको काम दुर्त गतिमा अगाडि बढेको महसुस गरिएको छ ।
चौधरी कुसल तथा निकै मिहिनेतका साथ जनतामुखि काम गर्ने डिभिजन ईन्जिनियरको सुचिमा पर्दछन । आफै जतिबेला पनि फिल्डमा खटिने चौधरी दिन रात योजनाको स्टमेट अनुगमन निरिक्षणमा ब्यस्त देखिने गरेको स्वयम कार्यालयका कर्मचारीहरु बताउछन ।

अन्य समाचारहरु