हरि कुँवर
बाँगी, अर्घाखाँची माघ २३ , । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर पाँच साविक बाँगी सात कुजेरी निवासी क्यान्सर पिडित राकेश थापाको परिवारलाई बाँगी सेवा समाज दोहा कतारले आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
पारिवारिक आर्थिक अवस्था कम्जोर भएका राकेश थापाका एकल छोरा १४ बर्षीय राजन थापा आगोले जलेका थिए । परिवारलाइ एक लाख तीस हजार आठ सय पचहत्तर (१,३०,८,७५) रकम संकलन गरि बाँगी सेवा समाज दोहा कतारद्वारा बुधबार अस्पतालमा पुगी हस्तान्तरण गरिएको समाजका अध्यक्ष दामोदर भुसालले जानकारी दिनु भयो ।
पीडा माथी पीडा भए पनि राकेश थापा को मन भने कम्जोर भएन । समाजसेवी , क्लबहरु बाट सयोगको आशा राख्दै अनुरोध गर्नु भएको थियो । क्यान्सरले गर्दा दाहिने खुट्टा गुमाउनु परेको थियो । थापा को श्रीमती , तीन छोरी एक छोरा राजन हुन । घर खर्चको अभावले छोरीको नियमित पढाई समेत विग्रिएको उनको परिवारको भनाई छ ।
राकेश थापाका छोरा राजन थापा को दुवै खुट्टा र हात जलेको ले दुई चार वटा अपरेसन गरी सर्जरी गर्नु पर्ने डाक्टर ले बताएका थिए । राजन थापा को उपचार को लागी अनुमानित २०-२२ लाख खर्च आउने हुदा आर्थिक अभाव भएको हो ।
काठमाडौंको कृतिपुर अस्पतालमा उपचार भइ रहेको अहिले केहि सुधार भएको परिवार ले बताएको छ । बाँगी सेवा समाज कतार ले एक हप्ताको छोटो समयमै हातमा हात मिलाउनु हुने सम्पुर्णमा हार्दिक धन्यवाद एबम आगामी दिनहरुमा पनि सुझाव सल्लाह साथ र सहयोगको अपेक्षा राखेको समाजका अध्यक्ष दामोदर भुसालले बताउनु भयो । अधिक जानकारी लिन परेमा पीडित को मोबाइल नम्बर ९८४७२३७६९७