बल्कोटको खैरेती फयडाडा अर्चथुम लिफ्टीङ खानेपानी योजनाको कार्य अन्तिम चरणमा

केशब पन्थी
बल्कोट, अर्घाखाँची माघ: २४ । अर्घाखाँची जिल्लाको छ्त्रदेब गाउँपालीको वार्ड नम्बर ३ साबिक बल्कोट वार्ड २ मा निर्माणाधीन खैरेती फयडाडा अर्चलथुम खानेपानी लिफ्टीङ खानेपानी योजनाको कार्य सम्पन्न हुन अन्तिम चरणमा पुगेको छ ।
उक्त लिफ्टीङ खानेपानी योजना निर्माणमा छ्त्रदेब गाउँपालीका तथा वार्ड नम्बर ३ को १८ लाख र स्थानीय कृषि समुहको ७२ हजार गरि जम्मा अठार लाख बहत्तर हजारको लगानीमा निर्माण पुराहुन लागेको खानेपानी योजनाका सचिब दुर्गा पाण्डेले बताउनु भएको छ ।
उक्त खानेपानी योजनाको मुहान करिब १ किलोमिटर तल फुर्सेडाडा बाट अर्चथुम सम्म लिफ्टीङ गरि पानी टंकीमा संकलन गरि बितरण गर्ने तयारीमा रहेकोे समितिका अध्यक्ष कमलपती खनालले बताउनु भएको छ ।
उक्त खानेपानी योजना सगै छ्त्रदेब गाउँपालिकाको वार्ड ३ मै संचालनमा रहेको पुरानो खानेपानी योजना शाईराम खानेपानी योजनाको पुनः नयाँ तरिकाले अर्चथुमबाट र अर्चनेटाको ठाकुरबारीबाट बितरण गरिने उक्त दुई खानेपानी योजनाबाट झन्डै ४०० घरधुरी लाभान्वित हुने स्थानीय बासिन्दाहरुले बताउँछ्न ।

अन्य समाचारहरु