सन्धिखर्कमा भोली बैदिक सनातन हिन्दुधर्मको प्रशिक्षण कार्यक्रम सन्चालन हुने

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । बैदिक सनातन हिन्दुधर्मको रक्षा र यसको व्यापक प्रचारका लागि भोली माघ २४ गते सदरमुकामको सन्धिखर्कमा रहेको सभाहलमा बृहत प्रशिक्षण कार्यक्रम सन्चालन हुने भएको छ । 
हिन्दू जागरण युवा स्वयंसेबकमा आबद्ध भएकालाई प्रशिक्षण दिनुको अलवा हिन्दु धर्मको वास्तवीक अर्थ र पालना गर्नु पर्ने नियमहरुको जानकारी गराउन कार्यक्रम आयोजना गरिएको हिन्दुधर्म रक्षा परीषद् नेपालका केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालले पत्रकार सम्मेलन मार्फत बताउनु भएको छ । 
कार्यक्रममा आउनेहरुका लागि खाजा नास्ता कार्यक्रम हल भित्रै उपलव्ध हुने उक्त  निशुल्क प्रवेश कार्यक्रम दिनको साढे ११ बजेदेखी चारवजे सम्म सन्चालन हुने छ । 
बैदिक सनातन हिन्दुधर्मको रक्षा र यसको व्यापक प्रचारप्रसारको लागी आयोजना गरिएको कार्यक्रमलाई बिशेष गरि प्रा. हरीप्रसाद सोडारी र प्रा.डा.देबमणी भट्टराईले सहजिकरण गर्ने तय भएको भन्दै हिन्दुधर्ममा विस्वास गर्ने सबैजनालाई आयोजकले चुलो निम्ता गरेको छ । 
 

अन्य समाचारहरु