नरपानी, खाँचीकोटको तिनपाने लेक चुनढुंगा उत्खननको कारण विनाश हुँदै , नेकपा र कांग्रेसका भ्रष्ट्र नेताले चुनढुंगालाई कमाउने भाडो बनाए: स्थानियबासी (तस्बिर सहित)
माघ २४ गते, २०७६ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ७ खाँचिकोटको तिनपाने लेक चुनढुङा उत्खननको कारण बिनाश हुँदै गएको छ ।
धार्मिक तथा पर्ट्किय स्थल सुपादेउराली नजिकै पर्ने सो स्थलमा अहिले पनि चुनढुङा उत्खनन कार्य निरन्तर छ । उक्त स्थानका बासिन्दा त्यसको असरबाट पीडित छन् ।
उता नरपानी, खाँचीकोट चुनढुङा बिनास नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका स्थानिय र जिल्ला तहका भ्रष्ट्र नेताका कारण भएको भनी नरपानीका स्थानियबासीहरुले बताएका छन् ।
नेकपा र कांग्रेसका स्थानिय र जिल्ला तहका भ्रष्ट्र नेताले नरपानी चुनढुङालाई कमाउने भाडो बनाएको उनिहरुको आरोप छ । वर्षौ देखि नेपाली कांग्रेस र पुर्व एमाले, माओवादीले चुनढुंगा उत्खनन बन्द गराउने पक्ष, विपक्षमा मिलिमतो गरी ठेक्दार, कम्पनीसँग लाखौं रकम अशुल्दै आएका छन्, नरपानीका भिम पाण्डेले भने ।
यो उत्खननले प्रकृतिको धेरै बिनाश भएको अनुभव स्थानीयले महशुस गरिसकेका छन । पानीका मुहान सुक्ने, दक्षिणी बायुको प्रभाव बड्ने जस्ता असरहरु देखिन थालेका छन।
दक्षिण अर्घाखाँचीको पानीको मुहान मानिने सो स्थान उत्खननको कारणले उक्त क्षेत्रमा पानीको अभाव हुन थालिसकेको छ । खाँची खोलाको मुहान पनि यसै क्षेत्रमा पर्दछ।
केहि सिमित सक्तिशाली ब्यक्ति अनुचित लाभको पछाडी लागेको कारणले पीडित हरु खुलेर बोल्न डराएको देखिन्छ ।
सन्धिखर्क नगरपालिका वार्ड न ६ मा पर्ने नरपानीमा पनि केही बर्ष पहिले गरिएको उत्खनन स्थानीयको बिरोधका कारण स्थगित गरिएको थियो ।तर यस स्थानमा नेकपा र नेपाली कांग्रेसका माफियाको बलियो पकड भएकोले कोहि पनि अगाडी सरेर बोल्न नसकेको स्थनियले बताए ।
केहि समय पहिले एक स्थानीय युवा ले जनता सङ सिधा कुरा नामक टेलिभिजन कार्यक्रममा यस बिसयको जानकारी गराएका थिए । त्यस अलावा उत्खनन विरुद्ध कसैले बोलेको सुनिएको छैन ।
खुलेआम प्रकृतिको बिनाश भएको बेला सम्बन्धित निकाय मौन देखिन्छन्। चुन्ढुङा निकासी बाट सन्धिखर्क नगरपालिकामा वार्षिक कति राजश्व जम्मा हुन्छ त्यसको एकिन जानकारी पनि स्थानीय हरुले पाएका छैनन्।
यसरी प्रकृतिको सुन्दरतामाथी बारम्बार प्रहार भैरहदा पनि राज्य र संबंधित निकाय कानमा तेल राखेर बसेका छन। आखिर यो अवस्था कहिले सम्म ? भनी स्थानियबासीको प्रश्न रहेको छ ।