डिभर्नाको सल्लीकोटमा चारतारा बहुउद्धेश्यीय सहकारीको साधारण सभा तथा प्रथम अधिबेशन सम्पन्न

विक्रम पाण्डे
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । चारतारा बहुउद्धेश्यीय सहकारी सस्था लिमिटेड सन्धिखर्क नगरपालीका वार्ड नम्बर १२ डिभर्नाको सल्लीकोटको साधारण सभा तथा प्रथम अधिबेशन आज सम्पन्न भएको छ ।
अधिबेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । अधिबेशनले पुन कृष्ण खड्काको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा कृष्ण कुमार बस्याल , सचिवमा तारा बस्याल ,कोषध्यक्षमा खिमकला कुवँर त्यस्तै सदस्यमा बोम बहादुर क्षेत्री , मोती कुमार श्रेष्ठ , कृष्ण श्रेष्ठ , शारदा परीयार , मिना श्रेष्ठ , तेजकला बस्याल लगायत रहनु भएको छ ।
त्यस्तै अधिबेशनले ऋण समितिको संयोजकमा राम बहादुर बस्याल र लेखा संयोजकमा लिलामणी बस्याललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
कार्यक्रम सन्धिखर्क नगरपालीका वडा नं. १२ का वडा अध्यक्ष नारायण खड्काको प्रमुख आतिथ्यता तथा सन्धिखर्क नगारपालीका सहकारी प्रमुख जिव नारायण आचार्यको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
खुल्ला सत्रमा मन्तब्य राख्दै प्रमुख अतिथि तथा वाड अध्यक्ष नारायण खड्काले सहकारीको माध्यमबाट समाजिक आर्थिक रुपान्तरणमा सहयोग मिल्ने बताउँदै सबैलाई सहकारीमा आबद्ध हसन आग्रह गर्नु भएको छ । त्यस्तै सन्धिखर्क सहकारी प्रमुख आचार्यले सहकारीमा बचत गरेको सानोसानो बचतले भविष्यमा आउने जोखिम न्यूनिकरणको लागी उपयोगी हुने बताउनु भयो । कार्यक्रममा कृषी विकास बैङ्क शाखा प्रमुख चिरन्जीवी बस्याल , सल्लाहकार लिलाधर बस्याल , हरी बहादुर खड्का , केशवराज कुवँर लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष कृष्ण खड्काको अध्यक्षता तथा सचिव तारा बस्यालको संचालनमा सम्पन्न भएको बताइएको छ । गत वर्ष स्थापना भई संचालनमा आएको यस सहकारीले केही दिन अघिमात्र दर्ता भई बैधानिकता पाएको बताएको छ । 

अन्य समाचारहरु