बिष्णु कुमार आले
सिमलपानी, अर्घाखाँची । कृषिमा युवाहरुको पंहुच बढाउने उदेश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका १४ सिमलपानीको पावर गाँउलाई शुक्रबार एक समारोह बिच कृषि स्मार्ट गाँउ घोषणा गरिएको छ । अर्गानिक तरकारी तथा अन्नबालीको उत्पादन बढाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर प्रदेश ५ सरकार र स्थानिय तहको लगानीमा कृषि स्मार्ट गाँउ बनाउन लागीएको हो ।
प्रमुख अथितीको आशनबाट उद्घघाटन समारोहलाई संबोधन गर्दै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले जिल्लाको नरपानी र खाँचीकोटमा लामो समयदेखी व्यवसायीक रुपमा तरकारी खेती गरि अनुभव बटुलेका किसानहरु पनि थिए तर ईच्छाशक्ती नभएका ठाँउमा कार्यक्रमले सफलता हासिल गर्न नसक्ने भन्दै यो सिचाँई सुबिधाले सम्पन्न पावरका किसानको ईच्छाशक्ती देखेर कृषि स्मार्ट गाँउ बनाउन यो क्षेत्रलाई सिफारिस गरेको बताए । उनले भने किसानले उत्पादन गरेको अर्गानिक तरकारी तथा कृषि बाली बिक्रिबितरण गर्न कुनै समस्या नहुने भन्दै गाँउ र जिल्ला आत्मनिर्भर बनेर छिमेकी जिल्लाहरुमा निर्यात गर्न सक्नेगरि उत्पादनमा बृद्वि ल्याउन किसानलाई आग्रह समेत गरे ।
घिमिरेले किसानमा कृषि गर्ने आँट र ईच्छाशक्ती भएमा सरकारले पुलको काम गरेर सहयोग गर्ने बताए । प्रदेश सभा सदस्य घिमिरेले कृषिमा युवाहरुको आक्रषण बढ्नुका साथै उत्पादन पनि बढ्ने अपेक्षा सहित प्रदेश सरकारले कार्यक्रम संचालन गरेको बताए । कृषिलाई प्रमुख समृद्धीको महत्वपुर्ण आधार मानेको प्रदेश ५ सरकारले चालु आर्थिक बर्षको बजेटमै प्रदेश स्मार्ट गाँउ कार्यक्रम संचालनका लागी २६ करोड रकम छुट्टाएको थियो । प्रदेस सरकारको ५० लाख स्थानिय तहको १० लाख गरि कुल ६० लाख बजेटमा कृषि स्मार्ट गाँउ निमार्ण गर्न थालिएको संस्थाकी कोषाध्यक्ष कल्पना रास्कोटीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
कार्यक्रममा बोल्दै सितगंगा १४ का वडा अध्यक्ष दामोदर न्योपानेले बिदेशको मरुभुमीमा गएर रगत पसिना सँग पैसा साट्न बाध्य भएका युवाहरुलाई काम दिन सकेको खण्डमा देशले काँचुली फेर्न सक्ने बताए । न्योपानेले परम्परागत कृषि खेतीको अन्त्य गरि आधुनिक कृषि खेतीमा जोड दिनु पर्ने भन्दै यो कृषि स्मार्ट गाँउ निर्माण कार्यक्रमले किसानको जिवनस्तर माथी उठ्नुका साथै रोजगार सगै मुलुककै उन्नतीमा टेवा पुग्ने बताए । किसानमा अवसर र चुनौती सगै जोडिएकाले कार्यक्रम सफल पार्न तथा जिवनस्तर माथी उठाउन सबै हामी किसान उत्तिकै मिहिनेतका साथ लाग्नु पर्ने उनले बताए ।
पावर माबिको प्राङ्गणमा भएको कार्यक्रममा कृषि स्मार्ट गाँउ पावरका अध्यक्ष बिर बहादुर खम्चाकीको अध्यक्षता,प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेको प्रमुख आथित्यता, कृषि ज्ञानकेन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्र ,कृषि प्रसाद अधिकृत बिवेक पन्त ,नेकपा नगर कमिटी संयोजक बसन्त कुमार श्रेष्ठ, वडा अध्यक्ष दामोदर न्यौपानको बिशिष्ठ आथित्यता ,शितगंगा १ का वडा अध्यक्ष बुद्घीकृष्ण पौडेल,वडा नम्बर ५ का वडा अध्यक्ष कमल प्रसाल पौडेल, वडा नम्बर ९ का वडा अध्यक्ष भिम केसी , वडा सदस्यहरु बिधालयका प्रअ शिक्षक , सीमलपानी प्रहरी प्रमुख लगायतको आथित्यता रहेको कार्यक्रमको स्वागत संस्थाका सदस्य चुरा बहादुर कार्कीले गरेका थिए । कार्यक्रम संस्थाका सचिव लोकनाथ खनालको संचालनमा सम्पन्न भएको थियो ।
साथै कार्यक्रममा १० थान हाते ट्याक्टर समेत किसानलाई वितरण गरिएको थियो ।