अध्यक्ष रंजित क्षेत्री
डिआरजी सुमन
अन्तराष्ट्रीय व्युरो डेक्स । विश्वभर रहने अर्घाखाँची वाँसीको साझा संस्था को रुपमा सन २०१२ मा स्थापना भएको अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चको तेस्रो कार्यकालको लागी संस्थापक मध्ये कै वरिष्ठ सदस्य रंजित क्षेत्री सर्वसम्मतिमा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
यस्तै उपादक्ष्यमा संस्थापक वरिष्ठ उपादक्ष्य करणजंग रायमाझी तेस्रो कार्यकालको लागी पनि सोहि पदमा निर्वाचित हुनु भएको छ । महिला उपादक्ष्यमा संस्थापक उपादक्ष्य रिना आचार्य , महासचिवमा दोस्रो अधिवेशनवाट सचिव पदमा निर्वाचित दामोदर भुसाल यस पटक महासचिवमा निर्बाचित हुनु भएको छ ।
यस पटक सचिवमा भने वहराईनवाट अनमोल राक्शेमगर रहनु भएको छ । कोषाध्यक्षको रुपमा यस पटक संस्थापक मध्येकै वरिष्ठ सदस्य सुर्य थापा आउनु भएको छ ।
अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चको प्रमुख सल्लाहकारमा अन्तराष्ट्रीय स्तरमा स्थापित व्याक्तित्व युवाहरुको ढुकढुकी युवराज केसी दोस्रो कार्यकालमा पनि सोही पदमा मनोनीत हुनु भएको छ । यस पटक वहराईनले प्रमुख सलाहकार सहित सचिव र कोषाध्यक्ष पाएको छ । स्थापना कालदेखी नै सक्रियता पुर्वक भूमिका निभाएको वहराईनलाई यस पटक राम्रो तवरले सम्मान गरिएको छ ।
२०२० फ़रवरी ०८ मा सम्पन्न तेस्रो अधिवेशनले अध्यक्ष रन्जीत कुमार क्षेत्री,बरिस्ठ उपाध्यक्ष करनजङ्ग रायमाझि,महिला उपाध्यक्ष रिना आचार्य,उपाध्यक्ष छबिलाल गिरि,महासचिव दामोदर भुसाल (बिबश),सचीव अनमोल राक्से मगर,कोषाध्यक्ष सुर्य थापा,सह – कोषाध्यक्ष हरि कुवर,सदस्यहरु क्रमशः ईश्वर जङ्ग थापा छेत्री,सन्तोष के.सि,बसन्त खड्का,पशुपति श्रेष्ठ तिनजना पछि थप्ने गरि समिती गठन भएको महासचिव दामोदर भूसालले अर्घाखाँची डटकमलाई जानकारी गराउनु भएको छ । देश विदेशमा रहने सबैको सुझाब साथ र सहयोगको पनि अपेक्षा सहित सबै सङ्ग हातेमालो गरेर संस्थालाई अगाडि बढाउने कुरामा जोड़ दिने नव निर्वाचित महासचिव भुसालको भनाई छ ।