अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडाबाट नेपाली कांग्रेस अर्घाखाँचीको १० दिने स्थानिय तह अनुशिक्षण कार्यक्रम शुरु भएको छ ।
ठाडा कार्यक्रम नेपाली कांग्रेस अर्घाखाँचीका सभापति बिस्नु प्रसाद खनाल मुस्कानको प्रमुख अतिथ्यता, पुर्व सभापति कमल प्रसाद भुसालको बिशिस्ट अतिथ्यता, शितगंगा नगरपालिका संयोजक मोटी बहादुर बेल्वासेको अध्यक्षता कार्यक्रम शुरु भएको हो ।
नेपाली कांग्रेस अर्घाखाँचीको अनुशिक्षण कार्यक्रम फागुन १५ देखि फागुन ६ गतेसम्म सन्चालन हुनेछ ।