सन्धिखर्कको छापडाँडामा खुकुरी प्रहारबाट एक जना सक्त घाइते

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं-३ छापडाँडामा खुकुरी प्रहारबाट एक जना सक्त घाइते भ्एका छन् । 
खुकुरी प्रहारबाट छापडाँडाका टाम बहादुर थापा घाइते भएका हुन् । टाम बहादुरलाई पैसाको काराेबारमा बिबाद भएपछि छापडाँडाका छन्द बहादुर मुखियाले खुकुरीले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए ।
टाम बहादुरको टाउकोमा गम्भिर चोट लागेको छ । घाइतेलाई अर्घाखाँची अस्पतालमा आबश्यक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ।
खुकुरी हान्ने छन्द बहादुर मुखियालाई प्रकाउ गरी घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।     

अन्य समाचारहरु