अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं- १ हटारी नेटा स्थित श्री युवावर्ष जनता रविचित्र माध्यामिक विद्यालयमा प्रहरीको आत्महत्या न्यूनीकरण तथा साईबर अपराध सम्बन्धी बिषयमा सचेतनामुलक प्रशिक्षण सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी”कार्यक्रम अनुसार “प्रहरी-बिद्यालय सम्पर्क कार्यक्रम”अन्तर्गत हटारी नेटा स्थित श्री युवावर्ष जनता रविचित्र माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत छात्र-छात्रा लगायत शिक्षकहरुको उपस्थिथिमा प्र.स.नि.राम नारायण चौधरीले आत्महत्या न्यूनीकरण तथा साईबर अपराध सम्बन्धी बिषयमा सचेतनामुलक प्रशिक्षण दिनु भएको थियो ।